Siraha Times
ताजा समाचार

दलित महिला स्कुलकाे अध्यक्ष बन्दा लगाएकाे तालाबन्दी खुल्यो

  • साउन २२, २०७७
  • ११५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय महरा /सिरहाको मिर्चैया नगरपालिका ४ स्थित अाधारभुत प्रा.वि. मा केहिदिन पहिले गैरदलितले स्कुलमा जातीय बिभेदकै कारणले स्कुलमा ताला लगाएका थिए । मधेसमा दलित समुदायको महिला स्कुलकाे विधालय समिति बनेपछि उच्च जातका ब्यत्तिहरूले तालाबन्दी गरेकाे थियाे । अाधारभुत प्रा.वि.स्कुलमा अधिकांस दलित समुदायका बाल बच्चाहरू पढने गरेकाे हाे । त्यहीँ बिधालयका अभिभावकहरूले सर्वसम्मतले चन्दा भवानी महरालाई निर्वाचित गरेकाे हाे । केही दिन पहिले स्कुलमा तालाबन्दी काे समाचार संचारमाध्यम्मा अाएपछि जिल्ला प्रशासन कार्यालय सिरहाकाे अगुवाइ मा स्कुलमा लगाएकाे ताल्चा बुधबार ताेडिएकाे हाे । मंगलबार मिर्चैया नगरपालिकाकाे कार्यालमा जिल्ला प्रशासन कार्यालय सिरहाका जिल्ला प्रमुख अधिकारी , जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख , ईलाका प्रहरी कार्यालय मिर्चैया का प्रमुख, मिर्चैया नगरपालिका का मेयर श्रवण यादब, स्कुलका प्रधानाध्यापक र भवानी महरा विच छलफल गरि बुधवार ताल्चा ताेडेर स्कुल संचालन गर्ने भनी निर्देशन जिल्ला प्रमुख अधिकारी प्रदिपराज कणेल ले निर्देशन दिएकाे हाे । दलित जागरण केन्द्र नेपाल गाेलबजार सिरहा का सचिव संजय महराले दलित हरूले अाफ्नाे हक अधिकार काेलागि दृढताका साथ अगाडि बढेपछि मात्र अधिकार पाउने वताउनु भएको हाे ।महराले अगाडि भने मिर्चैया ४ काे अाधारभुत स्कुलमा प्रशासनकाे अगुवाइमा ताल्चा फाेडेर सहज बतावरण भएकाेमा खुसि ब्यत्त समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१