लहान नगरपलिकाले हचुवाको भरमा शिक्षक सरुवा गरेको नेपाली काङ्ग्रेसको ठहर , फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

  • साउन २१, २०७७
  • २१४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २१, श्रावण । सामुदायिक बिधालय अन्तर्गत प्राथमिक तहमा कार्यरत शिक्षकलाई लहान नगर पालिकाको शिक्षा समितिले शिक्षा ऎन विपरीत सरुवा गरेको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस नगर कार्यसमिति लहानका सभापति सुनिल कुमार महतोले आज प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सरुवाको निर्णय खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन । शिक्षा ऎन २०२८ , शिक्षा नियमावली २०५९ परिवर्तन नहुदै नगर प्रहरी मार्फत शिक्षक सरुवाको पत्र शिक्षकको घर घरमा पुर्याउनु शिक्षा समितिको निरङकुशताको परिचय भएको सभापति महतोको ठहर रहेकोे छ । नेपाल शिक्षक संघ नगर समिति लहानले साउन ८ गते लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझादा पनि कुनै प्रतिक्रिया नदिएकोले बाध्य भएर बिज्ञप्ति निकाल्न परेको सभापति महतोले जनाए । स्थानीय तहको २३ बुदे अधिकार भित्र समेत शिक्षक सरुवा गर्ने अधिकार नभएको जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मधेश मीडिया

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१