ताजा समाचार

उधोग वाणिज्य संघ, लहानले "स्वर्ण जयन्ती २०७७ भवितव्य रूपमा मनाईयो

  • साउन १५, २०७७
  • १४८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा १५ श्रावण । उधोग वाणिज्य संघ, लहानले "स्वर्ण जयन्ती २०७७ भवितव्य रूपमा मनाएको छ । नेपाल उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अशोक लाल अमात्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सल्लाहकार राकेश झा, पूर्व अध्यक्ष, पवन मुन्धरा, अशोक अग्रवाल, सुनिल महतो, पूर्व उपाध्यक्ष बिनोद साह,सदस्य तथा सिरहाका बिभिन्न उधोग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरु,र बजार समितिका अध्यक्ष र ब्यापारीबर्गको समेत उपस्थिति रहेको आयोजकले बताउनु भयो । २०२७ सालमा स्व. परमेश्वर मुरारकाको अध्यक्षतामा स्थापना भएको संघ ५० औं वर्षमा आईपुग्दा प्रमुख अतिथिको रुपमा स्वर्ण जयन्तीको प्रमुख अतिथिको रुपमा म सहभागी हुन पाउदा म धेरै नै खुशी भएको बताए। मेरो काका संस्थापक अध्यक्षको कार्यकालमा एउटा सानो कोठामा स्थापना भएको संघ अहिले मैले सयौं चिट्ठी पत्र लेख्ने कार्य गरि एउटा सचिवको कार्य गरेको स्मरण समेत प्रमुख अतिथि मुरारकाले गर्नु भएको । संघका वर्तमान अध्यक्ष अशोक अमात्यलाई केन्द्रीय सदस्यको लागि सहयोग गर्ने उनले बताए । सिरहा उधोग वाणिज्य संघबाट हरेक पल्ट महासंघमा एक जना प्रतिनिधित्व होस भन्ने मेरो चाहाना रहेको प्रमुख अतिथि मुरारकाले बताए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤