ताजा समाचार

जनमत पार्टी सिरहाका दर्जनौ कार्यकर्ताहरुद्धारा सामुहिक रुपमा पार्टी परित्याग

  • असार २४, २०७७
  • २३७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २४ , आसार । जनमत पार्टीमा तानासाही हाबी भएको भन्दै सिरहका ४ दर्जन भन्द बढी कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेको छ । आज सिरहाको लहामा पत्रकार सम्मेलन गरी उनिहरुले सामुहिक रुपमा पार्टी परित्यागको घोषण गरेका हुन् । डा. सिके राउतले आसेपासेहरु संग मात्र कुराकानी गर्ने र मधेशको मुद्धाबाट पञ्छिएको भन्दै उनिहरुले सो पार्टीबाट स्वतन्त्र भएको घोषणा गरेको पुर्व जिल्ला संयोजक चन्देश्वर महतो , केदारनाथ यादब , लहान नगरपालिका संयोजक देवकान्त सिंह , सिरहा नगरपालिका संयोजक बिपिन यादब , सुखिपुर नगरपालिका संयोजक सत्रुधन महतो , सिरहा जिल्ला सक्रिय सदस्य भोला जित नेपाल लगायत १३ जना द्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा उल्लेख छ । जारी गरिएको बिज्ञप्तीमा लोखिएको छ – ‘ ११ बुंदे सहमती देखि लिएर नागरिकता बिधेयक बिरुद्धको आन्दोलन घोषणा समेतमा एकलौटी निर्णय गरेको , पार्टी भित्र एकल तानाशाही , अपारदर्शी जस्ता अ–लोकतान्त्रिक प्रबृति स्थापना गरिएको , पार्टिगत अबधारणाहरु प्रति कसैको जानकारी बिना छल पुर्वक हस्ताक्षर गराएको , डा राउतले आफनो जासुसी दलाल बाहेकका फोन कल समेत नउठाएको लगायत १९ बुंदे माग प्रति पार्टीले बेवास्ता गरेको कारण आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको सिरहाको नरहा गाउँपालिकाका सक्रिय कार्यकर्ता मनोज यादबले बताए । ’ आजका मिति देखि आफुहरु कुनैपनी पार्टीमा आबद्ध नभई पुर्ण रुपमा स्वतन्त्र रहेको उनिहरुले सामुहिक घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤