Siraha Times
ताजा समाचार

शहिदनगर नगरपालिकाको बजेट ५४ करोड बढी बजेट विनियोजन

  • असार १६, २०७७
  • ११३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा,असार १६ गते ।राष्ट्रिय गौरवको योजनाहरु ल्याएर प्रदेश नं. २ मै फड्को हानेको धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५४ करोड बढी बजेट विनियोजन गरेको छ ।आज (सोमबार) सम्पन्न भएको नगरसभाबाट ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट अनुमान गरिएको हो । जसमा राजस्व बाँडफाँड तर्फ ९ करोड ४७ लाख ३३ हजार ५ सय ८० रहेको छ ।यसका साथै, यसपाली कोभिड–१९ को कारण प्रभावित भएका विपन्न समुदायलाई, विपन्न परिवार र व्यक्तिलाई श्रममूलक योजनाहरु लगाएर प्रत्यक्ष रोजागरी सृजना गरिने जनाइएको छ ।

 

लकडाउन र कोभिडका कारण प्रभावित गर्भवति महिला, अपाँग, बालबालिकाहरुलाई केन्द्रीत गरी विशेष राहत प्याकेजको कार्यक्रमलाई मूर्तरुप दिइने मेयर बरबरियाले बताए । बरबरियाका अनुसार, कोभिड सम्बन्धी समेचतात्मक कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरु सँचालन गरी क्षमता अभिवृद्धिको तालिमहरु सँचालन गरिने छ । कोभिड १९ कारण डिप्रेषण, तनावमा रहेका लक्षित वर्गहरुलाई मनो परामर्श सेवाको पनि सुविधा यसै वर्षदेखि सँचालन गरिने जनाईएको छ ।

यसपालीको बजेटमा शिक्षा र कृषि आधुनिकीकरणमा विशेष जोड दिइएको छ । आउँदो आर्थिक वर्षमा नगरभरिको विद्यालयहरुलाई डिजिटल प्रविधिमा लैजाने योजना अघि सारिएको हो । यस्तै, कृषि क्षेत्रलाई पनि आधुनिकीकरणलाई प्राथमिकीकरण गरिएको हो । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) को अध्यक्षता एव्म मेयरका प्रत्यासी तथा नेपाली काँग्रेसका नेता देबेन्द्र भर्खेरको प्रमुख आतिथ्यमा सौहार्द वातावरणमा सम्पन्न भएको नगरसभाबाट विद्यालयलाई डिजिटलाईज गर्ने बताइएको छ ।

 

सो क्रममा नगरभित्रको समुदायिक विद्यालयहरुमा डिजिटल हाजिरी सहित एप्स मार्फत डाटाहरु सँकलन गर्ने र अध्ययन अध्ययापनको अन्य क्रियाकलापहरु गरिने जनाइएको छ । विद्यालयलाई डिजिटलाईज गर्नुका साथै इच वन टिच वन को माध्यमबाट साक्षरता अभियान चलाइने भएको छ । समाजिक विकास तर्फ फोहोर व्यवस्थापन र सरसफाईलाई दोस्रो प्राथमिकतामा राखिएको नगर प्रमुख उदय कुमार बरबरियाले जानकार दिए । उनका अनुसार, फोहोर फाल्नेलाई टिप्न लगाउने अभियान समेत नगरमा सँचालन गरिने छ । यसका साथै, लैँगिक समानता, खेलकूद, स्वास्थ्य र आयूर्वेद, खानेपानी तथा सरसफाई, साँस्कृतिक प्रवद्र्धन, पूर्वाधार विकास, महिला तथा बालबालिका विकास, भवन तथा सहरी विकास, पर्यटन, सहकारी, वितिय क्षेत्र, उर्जा लघु तथा साना जलविद्युत, सँचार सेवा, वातावरण तथा व्यवस्थापन, कृषि तथा पशुसेवा लगायतको सर्वागिँन क्षेत्रलाई समेटेर समृद्ध शहिदनगरको परिकल्पनालाई साकार पारिने जनाइएको छ ।

 

राष्ट्रिय गौरवको योजनाको रुपमा चालु आर्थिक वर्षमै ल्याइएको शहिद सूर्यनाथ रान प्रादेशिक स्टेडियम र शहिद कामेश्वर कुशेश्वर सुविधा सम्पन्न बस स्टैण्डको योजनालाई संघ र प्रदेश सरकारसँग समन्वय गरी सम्पन्न गरिने लक्ष्य लिइएको हो । मेयर बरबरियाले यतिको सौहार्दपूर्ण वातावरणमा नगर सभा सम्पन्न गराइदिएकोमा सम्पूर्ण पक्षमा आभार प्रकट गरे । नगरसभामा नगरपालिकाका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, नगरभित्रका सम्पूर्ण जनप्रतिनीधि, विभिन्न राजनीतिक दलका नेताहरु, अगुवा, समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१