Siraha Times
ताजा समाचार

बिपन्न परिवारले राहत नपाए पछि वडा कार्यालयमा तालाबन्दी

  • जेठ २७, २०७७
  • १३१७ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २७ जेठ - बिश्व माहामारीको रूपमा फैलिदै गरेको कोरोना भाईरस बाट जोगिन नेपाल सरकारले देश ब्यापी रूपमा लकडाउन घोषणा गरेको छ । जेठ ११ गते देखि नेपाल लकडाउन भएको छ् । लकडाउन भएको तिन महिना हुन लाग्यो लकडाउनको मारमा परेका दैनिक मजदुर तथा भुमिहिन सुकुम्बासीहरु मारमा परेका छ्न । रोजगारी गुमाएका बिपन्न परिवारले राहत नपाए पछि बरयारपटि गाउँ पालिका २ जानकिनगरका युवाहरूका एक समुहले भ्रष्टाचार विरुद्धको अवाज उठाउने युवा संघका अध्यक्ष अजय कुमार राय ,कोषा अध्यक्ष दिनेश कुमार मुखिया ,उपाध्यक्ष पशुपति यादव सचिब अनिल कुमार राय लगायतका युवाहरूले बिपन्न परिवारले राहत नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । राहतको विषय लिएर पटक - पटक अध्यक्ष संग बैठक बसे पनि वास्ता नगरेको स्थानीयको आरोप रहेको छ । उक्त वडामा करिब १२ सय घर धुरी रहेको संस्थाका सल्लाहकार डाक्टर सागिर अन्सारीले बताउनु भयो । पदेश सरकारको योजना अनुसार प्रत्येक वडा कार्यालयमा ५८ जना प्रति घर धुरीलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निरदेसन रहेको छ । पुर्ण रूपमा दलित र बिपन्न समुदायमा राहत न पाएको स्थानीयको आरोप छ । केहि दलित बस्तीमा मात्र राहत पाएको निरोज कुमार यादवले जानकारी दिनुभयो । वडा नम्बर २ मा ५७२ घर धुरी मध्ये ५३६ घर धुरीलाई प्रति घर धुरी २५ किलो चामल , ३ किलो दाल , २ पिस लुगा धुने साबुन , २ पिस नुहाउने साबुन , २ पोका नुन , २ किलो चिनी प्रति घर धुरीलाई बाडेको अध्यक्ष बिजय कुमार महतोले दाबी गरेका हुन् । बाकी ३६ धुरीलाई १५ किलो चामल ,२ किलो दाल , १ किलो चिनी ,२ पिस लुगा धुने साबुन ,१ पिस नुहाउने साबुन बाडेको समाज सेबि ईन्द्र जित कुमार ठाकुरले बताए । वडा भित्र हावा हुरिले धेरैको घर भतकाएको छ् तर अध्यक्ष महतोले कुनै वास्ता नगरेको पीडित दिनेश कुमार मुखियाको गुनासो छ । यता क्वाईरेनटाईन समेत ब्यबस्थित न रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१