ताजा समाचार

स्वच्छ छवीका महन्थलाई बद्नाम गर्दैछन् मन्त्री सोनल र राज्यमन्त्री मण्डल

  • जेठ २६, २०७७
  • १४७२ पटक पढिएको
  • ओम प्रकाश
alt

लहान, २५ जेठ । भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कमिशन एजेन्ट राखेर पार्टीलाई बद्नाम गरिरहेको छ । योसँगै प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले बालविवाह गराएर समाजमा अपराधी गतिविधिमा लागेकोले यस्ता मन्त्रीहरुलाई कारवाही गर्न राष्ट्रिय जनता पार्टी नेपाल लहान नगर समितिले विज्ञप्ती जारी गरी कारवाहीको माग गरेको छ । राजपा नेपालका संयोजक महन्थ ठाकुर नेपालकै नेताहरु मध्ये स्वच्छ छवीका ईमान्दार नेता रहेकोले प्रदेश २ का मन्त्री सोनल र राज्यमन्त्री मण्डलको कारण पार्टी र स्वच्छ छवीका नेतालाई वद्नाम गर्ने काम भइरहेकोले यस्ता मन्त्रीहरुलाई कारवाही गर्न माग गरेको विज्ञप्तीमा उल्लेख छ । यता, निर्वाचनको पाँच दिन अगाडि नै फिल्ड छाडेर घर बस्ने जिल्ला अध्यक्ष भनिने उपेन्द्र सिँहको सहयोगमा लहान १९ का प्रत्यासी वडाध्यक्ष शत्रुधन मण्डलले लहान २४ का वडाध्यक्षका प्रत्यासी तथा राजपा लहान नगर समितिका अध्यक्ष भोगेन्द्र पासमानसँग ढेड लाख रुपैयाँ लिएर उल्टो मुद्दामा फसाउँने कार्य गरेको आरोप छ । यस्तै महोत्तरी जिल्ला निवासी राकेश झा निर्वाचनको पाँच दिन अगाडि फिल्ड छाडेर आफ्नो जिल्लातीर बस्नु भनेको र पार्टीको हितविपरित काम गर्दै आएको छ । त्यति मात्रै होइन, राकेश झाले मन्त्री सोनल र राज्यमन्त्री मण्डलको आडमा करिब पचास लाखको योजना ल्याएर आफ्ना सम्धी पर्ने अन्य पार्टीका व्यक्तिलाई समितिमा राखेर कार्यक्रम चलाएर राजपाका कार्यकर्तालाई लहान ४ मा विमुख गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

पार्टीको नेता कार्यकर्ताहरु मन्त्री सोनलसँग योजना माग गर्दा अब हुँदैन माननीयज्यूलाई बाडिसकेको छु । तर, एजेन्ट राखेर लहान १९ मा पावर ड्रिल बोडिँगको लागि भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लहानमा योजना कसरी पठाऔ ? सो योजना मन्त्री सोनलले एजेन्टमार्फत नै चलाउँने भन्दैको आएको छ । सो विषयमा कमिशनको चलखेल देखेपछि लहानका युवा किसानहरु मन्त्री सोनलको राजिनामाको माग गरेको छ । यस्ता क्रियाकलाप गरेर पार्टीलाई बद्नाम गर्ने मन्त्री सोनल, राज्यमन्त्री मण्डल र त्यसका एजेन्टहरुलाई कारवाही हुनुपर्छ । पार्टी बद्नाम गर्ने यस्ता कमिशन एजेन्ट राख्ने मन्त्री र बालविवाह गराएर समाजिक विकृति फैलाउँने अपराधी राज्यमन्त्रीलाई कारवाही गरिएन भने हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤