Siraha Times
ताजा समाचार

"राष्ट्रिय जनतान्त्रिक गठबन्धन अब विशाल रुप धारण गर्दै

  • जेठ १९, २०७७
  • ३६१७ पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा । जेठ १९ गते ।स्वर्गीय राजा बिरेन्द्र र तिनका स-परिवारलाई श्रद्धाञ्जली दिदै आजैका दिन “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को विस्तार गरियो । डा. मनोज मुक्ति “विवेक” को पहलमा गठित “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” मा रामचन्द्र बानियाँ क्षेत्री नेतृत्वको “नेपाल डेमोक्रेटिक पार्टी” पनि सामेल भएको छ, केही दिन पुर्व जनतान्त्रिक तराई मुक्ति मोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) मिलेर “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को घोषणा गरेका थिए ! अब “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को संगठन नेपाल के सबै 77 जिल्ला मै जबर्दस्त उपस्थिति भएको दावा गरिदैछ ! MCC खारेजी, गणतन्त्र र धर्म-निरपेक्ष खारेजी तथा हिन्दु राष्ट्र सहित राज संस्था पुनःस्थापना लगायत को विविध राजनीतिक माँग और उद्देश्य राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा पनि गरिएको छ ।

यसैक्रममा “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” द्वारा “राष्ट्र बचाउ अभियान” को पनि राष्ट्रब्यापी रुपमा संचालन गरिएको र यस मुहिम/अभियानमा व्यापक जन-समर्थन पनि प्राप्त भईरहेको छ ।साथसाथै जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” ले सबै शोषित, अपहेलित, शासित, उपेक्षित वर्ग समुदाय क्षेत्र का आम मुक्तिकामी जनसमुदायलाई एकजुट हुन अपील पनि गरेका छन् ।

उनको भनाई छ कि नेपाल और नेपालीको अस्तित्व बचाउनु छ भने यी भ्रष्ट, देश-बेचुवा, आत्मसमर्पणवादी, लम्पसारवादी, लूटतान्त्रिक ब्यावस्था र शासन-सत्तालाई अपदस्त गर्नैपर्ने हुन्छ, नेपालमा “पूर्ण जनतान्त्रिक शासन ब्यवस्था स्थापित गर्नैपर्ने हुन्छ” र यस महान कार्यमा सम्पूर्ण आम नेपालीलाई एकजुट भएर लडनै पर्ने देखिएको छ, किनभने यो “राष्ट्र, राष्ट्रियता, पहिचान, धर्म, संस्कृति बचाउने लडाई हो” !

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१