सिरहाको कबिलासिमा गरिबलाई राहत जनता जोगाउन मरिमिटने छु : अध्यक्ष यादव

जनता जोगाउन मरिमिटने छु : अध्यक्ष यादव

  • वैशाख १७, २०७७
  • १७३२ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा लहान १७ वैशाख । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ४ कविलासी गाँउमा लक डाउनको ३६ औँ दिनमा राहत वितरण गरिएको छ । ७ सय घरधुरी मध्ये २ सय ५० अति विपन्न दलित, ५० अति विपन्न जनजाति र सय अति विपन्न अन्य घरधुरीलाई ३० के.जी. चावल र २ के. जी. नुन गरि जम्मा ४ सय घरधुरीलाई राहत वितरण गरिएको सुखिपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामलोभित यादवले बताए । प्रदेश सरकारको सरकुलर अनुसार र सर्वदलिय बैठक अनुरुप अति विपन्न र तिन महिनासम्म मात्र खान पुग्नेलाई राहत वितरण गरिएको छ । १ लाख ५० हजार प्रदेश सरकारको सहयोग र ३ लाख ५० हजार नगरपालिकाको सहयोग गरि जम्मा ५ लाख बराबरको राहत सामाग्री वितरण गरिएको छ । लक डाउन थपिदै गइरहेको छ आगामीको दिनमा तपाइले आफ्नो जनतालाई कसरी सहयोग गर्नुहुनेछ भन्ने पत्रकारको जिज्ञासालाई शान्त पार्दै वडा अध्यक्षले भने पहिला जनता त्यसपछि बिकाश त्यस उसले जनता बचाउन सम्पुर्न बजेटको रकम यस महामारीबाट बचाउनमा लगाउछौँ त्यसबाट पनि भएन भने नगरपालिका, हुने खाने धनी व्यक्ति र विभिन्न दातृ निकाय संघ संस्थालाई समेत गुहार्न हामी पछि नपर्ने वडा अध्यक्ष यादवले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१