Siraha Times
ताजा समाचार

अन्तरास्ट्रिय मानवअधिकार दिवसको अबसरमा महरा सम्मानित

  • मंसिर २४, २०७६
  • ७७० पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम ,मंसिर २४ गते । अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारकर्मी विनोद महरा सम्मानित भएका छन् ।

अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एक कार्यक्रम बीच मंगलवार अधिकारकर्मी महरा सम्मानित भएका हुन् ।

मानव अधिकारकर्मी महरालाई प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले हातबाट सम्मानपत्र प्रदान गरेका छन् ।

मानव अधिकारको क्षेत्रमा क्रियाशील भई महिला अधिकार, सामाजिक न्याय, मानव अधिकारको संरक्षण तथा सम्वद्र्धन र समतामूलक समाज निर्माणमा उल्लेख योगदान पु¥याईरहेको भन्दै महिला अधिकार रक्षक संजाल धनुषाले अधिकारकर्मी महरा लगायतका वरिष्ठ मानव अधिकारकर्मीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने वरिष्ठ मानव अधिकाकर्मीहरुमा ईन्सेकका प्रदेश संयोजक राजु पासवान, एडभोकेसी फोरमका राजकुमार महासेठलगायत छन् ।

आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक न्याय, महिला अधिकार र मानव अधिकारको संरक्षण, समवद्र्धन र समतामूलक समाज निर्माणमा अनवरत क्रियाशिल रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको दिनमा यहाँलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

विगत १५ वर्ष देखी मानव अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल मानव अधिकारकर्मी महरा विभिन्न संघसंस्थामा आवद्ध भई मानव अधिकारको क्षेत्रमा योगदान पु¥याउदै आईरहेका छन् । महरा हाल तराई मधेश रक्षक संजालका प्रदेश २ का संयोजक छन् ।

सम्मानित भएपछि मानव अधिकारकर्मी महराले आयोजकलाई सम्मानको लायक सम्झेकामा धन्यवाद दिए। उनले सम्मानले उर्जा प्रदान गरेको साथै जिम्मेवारीप्रति थप सशक्त बनाउने बताए ।

उनले प्रदेश २ सरकार परिवर्तन तथा अधिकारको लागि भएको आन्दोलनको बलमा स्थापित भएको भन्दै अधिकारको पक्षमा सदैव उभिरहन प्रदेश सरकारलाई ध्यानाकर्षण गराए ।

प्रदेश सभाबाट पारित भएका दलित विद्येयक लगायत विभिन्न विद्येयक अविलम्व कार्यान्वयनको चरणमा ल्याउन समेत प्रदेश सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१