Siraha Times
ताजा समाचार

किशोर किशोरी तथा मातृ–बाल पोषण सुधारका लागि जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न

  • वैशाख २७, २०८३
  • ४०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान लहान, वैशाख २७ । प्लान नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहानको आयोजनामा “सबल बालिका, सबल समुदाय” परियोजना अन्तर्गत किशोर किशोरी, मातृ तथा बाल पोषण एवं कुपोषण न्यूनीकरण सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सिरहाको लहानस्थित सम्राट होटेलको सभाहलमा आयोजित कार्यक्रममा दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विष्णुको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला समूह, किशोरी समूह तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिनेश कुमार महतोले किशोर किशोरी तथा मातृ स्वास्थ्य सुधारका लागि पोषण सम्बन्धी सचेतना अत्यन्त आवश्यक रहेको बताए। उनले कुपोषणको समस्या अझै ग्रामीण तथा विपन्न समुदायमा गम्भीर रूपमा रहेको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थाहरूबीच समन्वय गरेर पोषण सुधार अभियानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

उनले बालबालिका र गर्भवती महिलाको स्वास्थ्य अवस्था सुधार गर्न पोषणयुक्त आहार, नियमित स्वास्थ्य परीक्षण तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए। साथै समुदायस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गरी कुपोषण न्यूनीकरणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी तथा विज्ञहरूले किशोर अवस्थादेखि नै पोषणमा ध्यान दिनुपर्ने, सन्तुलित भोजन, स्तनपानको महत्व, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था, बालबालिकामा देखिने कुपोषणका लक्षण र त्यसको रोकथामका उपायबारे जानकारी दिएका थिए।

अन्तरक्रियामा सहभागीहरूले विद्यालयस्तरबाटै पोषण शिक्षा सुरु गर्नुपर्ने, किशोरीहरूमा रक्तअल्पता न्यूनीकरणका लागि आयरन चक्की वितरणलाई प्रभावकारी बनाउनुपर्ने तथा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खानाको प्रवर्द्धन गर्नुपर्ने सुझाव दिएका थिए।

संस्था अध्यक्ष उमेश विष्णुले “सबल बालिका, सबल समुदाय” परियोजनामार्फत किशोरी सशक्तिकरण, मातृ तथा बाल स्वास्थ्य सुधार र समुदायस्तरमा पोषण सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले समुदायमा रहेको कुपोषण अन्त्यका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए। कार्यक्रमको सहजीकरण परियोजनासँग आबद्ध प्रतिनिधिहरूले गरेका थिए भने सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१