Siraha Times
ताजा समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा माइतीघरमा थाल–चम्चासहित प्रदर्शन

  • वैशाख २६, २०८३
  • ४४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं वैशाख २६ । सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर चलाएर उठीबास लगाइएको भन्दै भूमिहीन तथा सुकुम्बासीहरुले राजधानीको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् । संयुक्त सुकुम्बासी मोर्चा नेपालको आह्वानमा आयोजित प्रदर्शनमा सहभागीहरुले थाल, चम्चा बोकेर सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले विकासका नाममा गरिब तथा भूमिहीन नागरिकलाई विस्थापित गरिएको आरोप लगाएका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरुले “मानवअधिकारको सम्मान गर”, “विकासका नाममा विस्थापन बन्द गर”, “सुकुम्बासीको रगतले रंगिएका हात कहाँ गएर धुन्छौं” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीहरुले सुकुम्बासी बस्तीमा कुनै वैकल्पिक व्यवस्थाविना डोजर चलाउनु अमानवीय कार्य भएको बताएका छन् । उनीहरुले सरकारले बल प्रयोग गरेर बस्ती हटाएको तथा पीडित परिवारलाई असुरक्षित अवस्थामा छाडिएको आरोप समेत लगाए ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत डोजर चलाइएको छ । बस्तीबाट विस्थापित भएका परिवारहरुलाई सरकारले अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको जनाएको छ । यद्यपि, सुकुम्बासीहरुले दीर्घकालीन बसोबासको सुनिश्चितता, सम्मानजनक पुनर्स्थापना तथा आफूहरुको अधिकार सुरक्षित गर्न माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१