Siraha Times
ताजा समाचार

कुपोषण न्यूनीकरण र सामाजिक चेतनामा जोड: लहानमा पालिका स्तरीय संवाद सम्पन्न

  • वैशाख २४, २०८३
  • ३२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २४ । वैशाख पोषणयुक्त समाज निर्माण तथा कुपोषण न्यूनीकरणका विषयमा केन्द्रित पालिका स्तरीय संवाद कार्यक्रम लहानस्थित प्यासिफिक होटल को सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम परम्परागत उपचारकर्ता, धार्मिक अगुवा तथा समुदायका विभिन्न तहका नेतृत्वकर्तालाई एकै थलोमा ल्याएर सामाजिक मान्यता, अभ्यास र व्यवहार परिवर्तनबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

केयर नेपाल र आईडी नेपाल को आर्थिक सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघ नेपाल को आयोजनामा सम्पन्न कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिकाकी उपाध्यक्ष निलम यादव को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा पालिकाभरिका धर्मगुरु, सामाजिक अगुवा, धामीझाँक्री, प्रतिष्ठित व्यक्तिहरू, युवा तथा बाल क्लबका प्रतिनिधिहरू, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार यादव पोषण फोकल पर्सन ममता ठाकुर सहित करिब ३० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा पोषणयुक्त समाज निर्माणका लागि स्वास्थ्य, शिक्षा, खाद्यान्न, आवास र सरसफाइजस्ता आधारभूत सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइयो। साथै, वर्षौँदेखि चलिआएका कुप्रथा र अन्धविश्वास अन्त्य गर्दै आधुनिक डिजिटल युगमा नागरिकलाई कसरी सचेत र आकर्षित बनाउने भन्ने विषयमा सहभागीहरूबीच व्यापक छलफल भएको थियो। ग्रामीण क्षेत्रका बस्ती तथा टोलहरूमा जनचेतनाको कमी र ज्ञान–सीपको अभावका कारण बालबालिका तथा गर्भवती आमामा कुपोषणको समस्या अझै देखिनु गम्भीर चिन्ताको विषय भएको सहभागीहरूले बताएका छन्।

सरकारले कुपोषण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग समन्वय आवश्यक रहेकोमा जोड दिइयो। उपाध्यक्ष निलम यादव ले कुपोषण नियन्त्रण सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै स्थानीय सरकारमार्फत आवश्यक बजेट विनियोजन गरी चरणबद्ध कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिन्। उनले विशेषगरी दलित, गरिब तथा अतिविपन्न परिवारका आमा र बालबालिका कुपोषणबाट बढी प्रभावित हुने गरेको भन्दै यसतर्फ तीनै तहका सरकारको विशेष ध्यान आवश्यक रहेको बताइन्।

त्यसैगरी, कार्यक्रममा महासंघ मधेस प्रदेश सचिव यामुन प्रसाद यादव ले गाउँ समाजमा अझै पनि टोना–मुनाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको उल्लेख गर्दै यस्ता कुप्रथाविरुद्ध सचेतना फैलाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले महासंघले “एक घर, एक प्राविधिक” अभियानमार्फत कृषिमा आधुनिकीकरण र देशलाई अर्गानिक बनाउने लक्ष्य लिएको समेत बताए।

दिनभर चलेको संवाद कार्यक्रममार्फत समुदायमा रहेका विभिन्न विकृति र चुनौतीहरूको पहिचान गर्दै तिनको समयमै समाधान खोज्नुपर्ने निष्कर्ष निकालिएको छ। सहभागीहरूले कुपोषणमुक्त समाज निर्माणका लागि राज्य, स्थानीय तह र समुदायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१