Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न, महाराजगञ्ज मेडिकल क्याम्पस प्रथम

  • वैशाख २०, २०८३
  • ४८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ प्रतियोगिता शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कलेजको आफ्नै सभाहलमा आयोजित उक्त कार्यक्रममा देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

देशभरका ११ वटा मेडिकल कलेजबाट ६८ जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा कडा प्रतिस्पर्धापछि महाराजगञ्ज मेडिकल क्याम्पस प्रथम हुन सफल भएको छ। त्यसैगरी, पाटन एकेडेमी अफ हेल्थ साइन्स दोस्रो तथा बी.पी. कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स तेस्रो स्थानमा रहेका छन्।

विजेता टिमलाई क्रमशः प्रथमलाई ५० हजार रुपैयाँ, दोस्रोलाई २५ हजार रुपैयाँ र तेस्रोलाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको मेडिकल कलेजका प्रेस सल्लाहकार आंशिक अन्सारीले जानकारी दिएका छन्।

कार्यक्रम नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले स्वागत मन्तव्यबाट गरेका थिए।

उक्त कार्यक्रममा नेपाल आर्मी पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खड्का तथा सशस्त्र प्रहरी पर्साका डिएसपी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन कलेजका एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ (यास्मिन), मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल रवि शंकर गुप्ता, नर्सिङ क्याम्पसकी भाइस प्रिन्सिपल डा. बबिता सिंह लगायत प्राध्यापक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

आयोजकका अनुसार यस्ता बौद्धिक प्रतियोगिताले विद्यार्थीहरूबीच ज्ञान आदानप्रदानमा सहयोग पुर्‍याउने र मेडिकल शिक्षामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१