लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा “Nutrition for Life (N4L)” कार्यक्रमको जिल्ला स्तरीय परिचयात्मक बैठक सम्पन्न भएको हो । वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा नवजात शिशुको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालन हुन लागेको “Nutrition for Life (N4L)” कार्यक्रमको जिल्ला स्तरीय परिचयात्मक बैठक शुक्रबार सिरहामा सम्पन्न भएको छ।
Helen Keller International को सहयोग तथा समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रम सिरहास्थित होटल रमझममा सम्पन्न भएको हो। बैठकमा जिल्लाका विभिन्न सरकारी निकाय, स्वास्थ्य क्षेत्रका प्रतिनिधि, कृषि क्षेत्रका अधिकारी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख युगल किशोर यादवले गर्नुभएको थियो भने जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
बैठकमा प्रस्तुत गरिएअनुसार “Nutrition for Life (N4L)” कार्यक्रमको मुख्य लक्ष्य लक्षित जिल्लाहरूमा पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा नवजात शिशुको पोषण अवस्था सुधार गर्नुका साथै उनीहरूको जीवन रक्षा सुनिश्चित गर्नु रहेको छ।
पोषणको कमीले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले यस कार्यक्रममार्फत समुदाय स्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि, सेवा पहुँच विस्तार तथा व्यवहार परिवर्तनमा जोड दिइने बताइएको छ।
परिचयात्मक बैठकमा कार्यक्रमका विभिन्न उद्देश्यहरूबारे पनि विस्तृत जानकारी गराइएको थियो। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकामा देखिने शिघ्र कुपोषणको अवस्थामा सुधार ल्याउने लक्ष्य राखिएको छ।
त्यसैगरी गर्भवती आमा तथा नवजात शिशुको पोषण अवस्था सुदृढ गर्ने, समुदाय स्तरमा कार्यरत अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHVs)हरूको क्षमता अभिवृद्धि गर्ने तथा संघ, प्रदेश र स्थानीय तहका सरकारबीच मातृ तथा नवजात शिशुको पोषण सुधारमा प्रतिबद्धता र स्वामित्व अभिवृद्धि गर्दै कार्यक्रमलाई दीगो बनाउने उद्देश्य पनि रहेको जानकारी दिइएको थियो।
कार्यक्रममा संस्थाको परिचय तथा कार्यक्रमको कार्ययोजना सम्बन्धी प्रस्तुति रविन कुमार महराले गर्नुभएको थियो। उहाँले संस्थाले विभिन्न जिल्लाहरूमा सञ्चालन गरिरहेका पोषणसम्बन्धी कार्यक्रम तथा त्यसबाट प्राप्त उपलब्धिहरूका बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय सिरहाका पोषण फोकल पर्सन प्रेम कुमार दासले गर्नुभएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले पोषण सुधारका कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य, कृषि तथा स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले बालबालिका र आमाको स्वास्थ्य सुदृढ बनाउन पोषण अत्यन्त महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै अध्यक्षता गरिरहनु भएका जिल्ला स्वास्थ्य प्रमुख युगल किशोर यादवले पोषण सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा पोषण सुधारका प्रयासलाई दीगो बनाउन स्थानीय तहको सक्रिय सहभागिता र स्वामित्व महत्वपूर्ण हुने धारणा राखिएको थियो। साथै पोषण, खाद्य सुरक्षा, स्वास्थ्य सेवा र कृषि उत्पादनबीचको सम्बन्धलाई सुदृढ गर्दै समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
यस कार्यक्रममार्फत सिरहा जिल्लामा पोषणसम्बन्धी समस्या न्यूनीकरण गर्दै बालबालिका तथा आमाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ। बैठकमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस
जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा “Nutrition for Life (N4L)” कार्यक्रमको जिल्ला स्तरीय परिचयात्मक बैठक सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic