ताजा समाचार

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजमा नवप्रवेशी विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • फागुन २७, २०८२
  • ३९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज, २७ फागुन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका नवप्रवेशी विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम कलेजको लेक्चर थिएटर–१ मा सम्पन्न भएको हो।

नयाँ शैक्षिक यात्राको सुरुवातसँगै विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन, शैक्षिक संरचना तथा पेशागत जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा कलेजका प्राध्यापक र कर्मचारीबीच परिचयात्मक वातावरण सिर्जना गरिएको थियो। कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा. डा. के. एन. सिंहको अध्यक्षता रहेको थियो।

त्यसैगरी कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक शहनवाज अन्सारी विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सुरुवात राष्ट्रिय गानसँगै गरिएको थियो भने परम्परागत रूपमा पानस प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको थियो। त्यसपछि नवप्रवेशी विद्यार्थी, अभिभावक तथा प्राध्यापकहरूले आ–आफ्नो परिचय प्रस्तुत गरेका थिए। सो अवसरमा प्रा. डा. रवि शंकर गुप्ताले विद्यार्थीहरूलाई शपथ ग्रहण गराएका थिए।

कार्यक्रममा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ लगायतका अतिथिहरूले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई अनुशासन, समर्पण र मानव सेवाको भावनासहित अध्ययनमा लाग्न प्रेरित गरेका थिए। कार्यक्रमको अन्त्यमा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले धन्यवाद ज्ञापन गर्दै नवप्रवेशी विद्यार्थीहरूको उज्ज्वल शैक्षिक यात्राको कामना व्यक्त गरेका थिए।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤