जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक तिमिल्सिना ‘बेस्ट ट्राफिक प्रहरी अफ द मन्थ’ बाट सम्मानित

  • माघ ९, २०८२
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनाले उत्कृष्ट कार्य सम्पादन गर्दै पुस महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” अवार्ड प्राप्त गर्न सफल भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को उपनियम (ख) बमोजिम उनलाई प्रोत्साहन स्वरूप अभिलेखमा जनिने गरी नगद पुरस्कारसहित सम्मान गरेको हो।

प्रहरी निरीक्षक तिमिल्सिना जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा कार्यरत छन्। उनले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशन बमोजिम कर्तव्यनिष्ठ, अनुशासित र लगनशील भएर कार्यालयको प्रशासनिक कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै आएका छन्। स्थानीय सरकारसँग आवश्यक समन्वय गरी थान–२ का लागि दुई थान कम्प्युटर सेट उपलब्ध गराई प्रशासनिक कामकाजलाई प्रविधिमैत्री र प्रभावकारी बनाएको योगदानलाई विशेष रूपमा मूल्याङ्कन गरिएको छ।

त्यसैगरी, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट स्वीकृत “सडक दुर्घटना विरुद्ध युवा २०८२ कार्ययोजना” को सफल कार्यान्वयनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सो कार्ययोजनामार्फत सवारी दुर्घटना न्यूनीकरण गर्दै भौतिक तथा मानवीय क्षतिमा उल्लेखनीय कमी ल्याउन सफल भएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक तिमिल्सिनाले सडक दुर्घटनाका दृष्टिले जोखिमयुक्त मानिने ‘ब्ल्याक स्पट’ हरू पहिचान गरी आवश्यक स्थानमा रिफ्लेक्टिभ बोर्ड, टेप तथा स्टिकरहरू जडान गराएका छन्। जाडोयाममा बाक्लो हुस्सुका कारण हुने ‘पुअर भिजिबिलिटी’ तथा स्लो मुभिङ सवारी साधन दुर्घटनामा पर्न सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायहरूसँग समन्वय गरी ब्याकलाइट तथा रिफ्लेक्टर प्रयोग गर्न लगाएको कार्य पनि प्रशंसनीय ठहरिएको छ।

यसका अतिरिक्त, विभिन्न VVIP तथा VIP सवारी आवागमनका क्रममा प्रभावकारी ट्राफिक व्यवस्थापन मिलाउन उनले सक्रिय भूमिका निर्वाह गर्दै ट्राफिक व्यवस्थापनलाई सहज, सुरक्षित र अनुशासित बनाएका छन्। कार्यकुशलता, उच्च स्तरको इमान्दारिता र अटल कर्तव्यनिष्ठताका कारण उनी सहकर्मी प्रहरी कर्मचारीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले प्रहरी निरीक्षक तिमिल्सिनालाई नगद रु. १,३०० (अक्षरूपी तेह्र सय रुपैयाँ मात्र) सहित पुस महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” अवार्ड प्रदान गर्दै उच्च मूल्याङ्कन गरेको हो। यस सम्मानले अन्य प्रहरी कर्मचारीहरूमा पनि सकारात्मक प्रभाव पर्न गई समग्र कार्य सम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

अन्त्यमा, प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनाले प्राप्त गरेको यस सम्मानप्रति नेपाल प्रहरी संगठनले हार्दिक बधाई ज्ञापन गर्दै भविष्यमा पनि यस्तै समर्पित र उदाहरणीय कार्यको निरन्तरता रहने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय नारी ...

रहमुल लहान २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिव उदगार यादव (शिवा)ले सम्पूर्ण नारीहरूप्र ...

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१