श्रीनिधि साकोसको १४ औं वार्षिक साधारण भव्यताका साथ सभा सम्पन्न

  • पुस २६, २०८२
  • ३३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रन्जित चौरसिया वीरगंज २६ पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औँ वार्षिक साधारण सभा शुक्रबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । 

वीरगंज स्थित नगर सभा गृहमा आयोजित साधारण सभाको उदघाटन गर्दै संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्राचार्यले यो सहकारीले सम्पूर्ण सञ्चालक सदस्य एवं शेयरधनीहरुको भावनालाई समेटेर अगाडि बढेको र आउने दिनहरुमा पनि सबैको साथ र सहयोगले अझ प्रगति गर्दै जाने विश्वास व्यक्त गरे ।

अध्यक्ष बज्राचार्यको तर्फबाट वार्षि प्रगति प्रतिवेदन संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आर्थिक वर्ष २०८१÷०८२ को अन्त्यसम्म संस्थाको कुल कारोबार ८८ करोड ८२ लाख २७ हजार १ सय ९८ रुपैयाँ पुगेको जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा संस्थाको शेयर पूँजी ३ करोड ३१ लाख ६५ हजार ८ सय रुपैयाँ रहेको छ भने कुल बचत निक्षेप ७२ करोड ६३ लाख ५ हजार ५ सय १३ रुपैयाँ संकलन गर्न संस्था सफल भएको प्रस्तुत गरेका थिए । त्यसैगरी, जगेडा तथा विभिन्न कोषमा ४ करोड ७२ लाख ८९ हजार ४ सय ७६ रुपैयाँ पुगेको, ऋण लगानी ६० करोड ५८ लाख ६६ हजार ५ सय ६९ रुपैयाँ ९५ पैसा रहेको र आयकर व्यवस्था अघि संस्थाको नाफा १ करोड ३१ लाख १३ हजार ५ सय ७४ रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत चौरसियाले बताए ।

संस्थाको स्थिर सम्पत्ति ४ करोड ५९ लाख ४६ हजार ९ सय ५० रुपैयाँ रहेको उल्लेख गर्दै उनले आदर्शनगरस्थित भाजुरत्न चौक नजिक १५.५ धुर जग्गा कार्यालय प्रयोजनका लागि खरिद गरिएको र सो स्थानमा भवन निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

प्रविधिमैत्री सेवातर्फ संस्थाले क्यासलेस, चेकलेस र पेपरलेस सेवा विस्तारलाई प्राथमिकता दिएको बताउँदै चौरसियाले हालसम्म २५० जनाले एटिएम सेवा, १ हजार २४२ जनाले मोबाइल बैंकिङ, ४४३ जनाले एसएमएस सेवा र ४९० जनाले क्यूआर कोड सेवा प्रयोग गरिरहेको जानकारी दिए । साथै संस्थाको वेबसाइट, फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राममार्फत सदस्य सेवा तथा सूचनाको प्रचार–प्रसारलाई प्रभावकारी बनाइएको उनले बताए ।

साधारण सभामा आर्थिक वर्ष २०८१÷०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी शान्ता श्रेष्ठ, तेतरी देवी राना मगर, हिरालाल चौरसिया, शुष्मा महर्जन, मामता भोलन, शोभा कुमारी र शारदा मानन्धर र उत्कृष्ट सदस्यतर्फ शोभा कुमारी, मधु चौधरी, शरधा मानन्धर, शान्ता श्रेष्ठ, उत्कृष्ट नियमित मासिक बचत सदस्य आयुष रौनियार, उत्कृष्ट बाल बचत सदस्य सिद्धि गुप्ता, उत्कृष्ट नियमित बचत सदस्य पुनम कुमारी र रविभूषण प्रसाद चौरसिया, उत्कृष्ट नारी बचत सदस्य अनिषा श्रेष्ठ, प्रविधितर्फ उत्कृष्ट सदस्य विरेन्द्र कुमार कलवार तथा ऋणतर्फ उर्मिला देवी, प्रेमकुमारी पौडेल गोरखाली र सजरा प्रविणलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

अध्यक्ष प्रेम चुडामणी बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनोज प्रसाद, सचिव निर्मला देवी, कोषाध्यक्ष ओमप्रकाश प्रसाद कलवार, सञ्चालक सदस्यहरू अमित अग्रवाल, योगेश्वर प्रसाद चौरसिया, ज्योति कुमारी दारुका, सतोष जैन, सल्लाहकार डा. सुरेन्द्र चौरसिया, पुनिता देवी, बन्दना देवी, लेखा समिति संयोजक राजु पौडेल, सदस्यहरू विरेन्द्र प्रसाद गुप्ता, विजेन्द्र चौधरी, निर्वाचन समिति अधिकृत एवं नेपाल बार एसोशिएसन पर्साका अध्यक्ष अधिवक्ता रामनारायण कुर्मी, जिष्णु बाराल, संजय महतो, वीरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाई, संस्थाका शेयर सदस्य, ऋणी लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन उज्वल घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सञ्चालक सदस्य योगेश्वर प्रसाद चौरसियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

मधेश आन्दोलनका सहिदप ...

रहमुल, लहान,२५ पुस । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले लहानमा मधे ...

सुरुङ्गा नगरपालिकाको ...

रासिन्द्र यादव लहान २५ पुष । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको १६औँ नगरसभा (हिउँदे अधिवेशन) सुरुङ ...

युवा नेता गोविन्द के ...

कपिलवस्तु, पुस २५ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका लागि कपिलवस्तुका युवा नेता गोविन्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१