१४ वर्षदेखि अलपत्र कमला पुल अब जनचन्दाबाट निर्माण गर्ने पहल

  • मंसिर २०, २०८२
  • ४१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान २० मंसिर । सिरहा र धनुषा जोड्ने १४ वर्ष देखि अलपत्र रहेको कमला पुल अब जनचन्दा संकलन मार्फत निर्माण गर्ने अभियान सुरु भएको छ। नयाँ कमला पुल निर्माणका लागि रामरिझन यादव, डा. नवीन कुमार यादव, डा. कृष्णा यादव, डा.जामुन सिंह, इन्जिनियर प्रविण यादव तथा भरत यादव सहित सयौं स्थानीय बासिन्दा कमला नदी किनारमा भेला हुँदै महाअभियानको घोषणा गरेका हुन्।

यसअघि यस पुलको निर्माणका विषयमा थुप्रै मन्त्री, उच्चपदस्थ अधिकारी तथा जनप्रतिनिधिहरूले अनुगमन गरे पनि काममा कुनै उल्लेख्य प्रगति हुन सकेको थिएन। वर्षौं देखि पुल नबनेपछि आवत–जावतमा असुविधा भोग्दै आएका मधेस–तराईका स्थानीयवासी अत्यन्त असन्तुष्ट हुँदै आएका छन्।

स्थानीयहरूका अनुसार मधेसमा अपेक्षित विकास नहुँदा तथा सुविधा सम्पन्न सडक संरचना नपाउँदा जनताको असन्तुष्टि झन् बढ्दो छ। सरकारी बेवास्ता र दीर्घकालीन ढिलासुस्तीका कारण अब समुदायकै पहलमा पुल निर्माण अघि बढाउने निर्णय गरिएको बताइएको छ।

स्थानीय अगुवाहरूले “सरकारले नगरे हामी आफैँ गर्छौँ” भन्ने भावनासहित चन्दा संकलन अभियान आरम्भ गरिएको र सबैको सहयोग जुटेमा पुल निर्माण छिट्टै थालिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१