Siraha Times
ताजा समाचार

लहानमा चारदिने तालिम सुरु, महिला कृषकको सक्रिय सहभागिता

  • मंसिर १९, २०८२
  • ५५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालिम सुरु भएको छ। प्रदर्शन स्थलहरूमा देखिएका ज्ञान तथा अभ्यासका खाडलहरू पहिचान गर्दै समाधान खोज्ने मुख्य उद्देश्यका साथ सञ्चालन भएको तालिममा विभिन्न पालिकाबाट आएका समूहमा आवद्ध ३० जना सक्षम महिला कृषक सहभागी भएका छन्।

May be an image of one or more people, people studying and table

आयोजकका अनुसार सप्तरी र सिरहाका विभिन्न पालिकाबाट गरी करिब ९० जना महिला कृषक तीन सिफ्टमा सहभागी हुनेछन्। मापदण्ड विपरीत रासायनिक विषादीको प्रयोगले जलवायु परिवर्तनमा पारेको नकारात्मक प्रभाव कम गर्न जैविक विधिबाट खेती गर्ने तरिका, कम्पोष्ट मल उत्पादन तथा प्रयोग, साथै “एक घर–एक प्राविधिक” तयार पार्ने लक्ष्य तालिमको प्रमुख उद्देश्य रहेको बताइएको छ।

May be an image of studying and text

केयर नेपालको आर्थिक सहयोगमा तथा राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशको आयोजनामा लहान प्यासिफिक होटलमा तालिम सञ्चालन भइरहेको छ। कार्यक्रम संयोजक दिलिप साहका अनुसार महासंघले कृषि क्षेत्रमा धेरै प्रभावकारी कामको सुरुवात गरिसकेको छ र यस्ता कार्यक्रमलाई राज्य पक्षबाट निरन्तरता दिन आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१