खडक नगरपालिका सप्तरीमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस–२०८२ भव्यतापूर्वक सम्पन्न

  • मंसिर ४, २०८२
  • ६४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, मंसिर ४ ।  “मेरो दिन, मेरो अधिकार–बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित नगरस्तरिय बालबालिका सम्मेलन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस–२०८२ को अवसरमा खडक नगरपालिकाले विहिबार मंसिर ४ गते कल्याणपुरस्थित नगर सभाहलमा नगरस्तरिय बालबालिका सम्मेलन भव्यतापूर्वक सम्पन्न गरेको छ। “मेरो दिन, मेरो अधिकार—बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, बालबालिका, सुरक्षा निकाय, शिक्षक, अधिकारकर्मी तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।

04398dc3-fa7a-4833-a818-6bf779e2f029

सेभ द चिल्ड्रेनको सहयोग र सबल नेपालको समन्वयमा खडक नगरपालिकाद्वारा आयोजना गरिएको सम्मेलन बाल अधिकार प्रवर्द्धन, संरक्षण तथा बालमैत्री स्थानीय शासन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले गरिएको हो।कार्यक्रम नगर बाल क्लब सञ्जालका अध्यक्ष शिव शंकर मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। विशिष्ट अतिथिमा खडक नगरपालिकाकी उप–प्रमुख रिता कुमारी चौधरी  उपस्थित रहेको थियो। साथै कार्यक्रमका अन्य अतिथिहरूमा खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय मण्डल, बालबालिका शाखाकी सुशिला कुमारी चौधरी, बालकल्याण तथा अधिकारकर्मी अनिता कुमारी साह, ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्र.स.नि. प्रफुल भुर्तेल,सेभ ड चिल्ड्रेनको वरिस्ट परियोजना संयोजक मकर बहादुर सार्की ,सबल नेपालको फिल्ड म्यानेजर रोशन कुमार मण्डल ,फिल्ड संयोजक अशोक कुमार साह, तथा सञ्चारकर्मीहरू सहभागी रहेका थिए।

1 33

कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख जयप्रकाश चौधरीले बालबालिकाको अधिकार सुनिश्चित गर्ने कार्यलाई नगरपालिका अत्यन्तै गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताउनुभयो। उहाँले विद्यालय, परिवार र समुदायको समन्वयले मात्र बालअधिकार सुरक्षित र सम्मानित हुनेमा जोड दिनुभयो। विशिष्ट अतिथि उप–प्रमुख रिता कुमारी चौधरीले बालबालिकाको समग्र विकासका लागि स्वास्थ्य, शिक्षा, संरक्षण र सहभागितामा समान अवसर उपलब्ध गराउनु स्थानीय सरकारको प्रथम दायित्व भएको बताउँदै भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

04398dc3-fa7a-4833-a818-6bf779e2f029 1

कार्यक्रमको एक महत्वपूर्ण आकर्षण ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्र.स.नि. प्रफुल भुर्तेलको प्रस्तुति थियो। उहाँले लागूऔषधबाट बालबालिकामा पर्न सक्ने घातक असर, कानुनी सजाय र अभिभावक तथा समुदायको भूमिकाबारे विस्तृत जनचेतना प्रदान गर्नुभएको थियो। यसै गरि ट्राफिक नियमको बारेमा समेत ट्राफिक प्रहरीले सहजीकरण गरेका थिए।

सेभ द चिल्ड्रेनको बरिष्ठ परियोजना संयोजक मकर बहादुर सार्कीले बाल अधिकार तथा बाल क्लब दिगो बनाउनको लागि सेसन संचालन गरेका थिए ।उहाँको प्रस्तुतिले सहभागी बालबालिकामध्ये सकारात्मक प्रभाव परेको सहभागीले बताएका छन्।बालबालिकाले आफ्ना हक–अधिकार, प्रतिभा तथा सिर्जनशीलता अभिव्यक्त गर्ने विभिन्न सत्रहरू पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी बालबालिकाले बालमैत्री स्थानीय सरकार निर्माणका लागि सुझाव पनि प्रस्तुत गरे।

कार्यक्रमले खडक नगरपालिका भित्र बाल अधिकार संरक्षण तथा प्रवर्द्धनका एजेन्डालाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ। बालबालिकामा लगानी गर्नु नै सुरक्षित र समृद्ध भविष्य निर्माणमा महत्वपूर्ण आधार बन्ने संदेशसहित कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

घर–आँगनमै मधुमेह जाँ ...

रहमुल लहान, २८ पुस । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर् ...

राष्ट्रसेवक सहकारीको ...

रहमुल, लहान, २८ पुस । “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नारालाई आत्मसात गर्दै रा ...

पृथ्वीनारायण शाहको ३ ...

धर्मेन्द्र कुमार कुर्मी पुष २८। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१