श्री सहिद रमेश महतो आधारभूत विद्यालयको दुइ कोठे भवन उद्घाटन तथा हस्तान्तरण सम्पन्न

  • मंसिर ३, २०८२
  • ३६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ०३ मङ्सिर । सिरहा जिल्लाको लहान नगरपालिका वडा न. २३ गाढा स्थित श्री सहिद रमेश महतो आधारभूत विद्यालयमा नयाँ भवन उद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दीलाल महतोको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति तथा विद्यालयका जग्गादाता दिनेश कुमार महतोको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो भने विशिष्ट अतिथिमा वडा अध्यक्ष बद्री नारायण यादव, मनजु तथा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स)का अध्यक्ष–सदस्य,विद्यालयका प्राधानाध्यापक उपेन्द्र महतो, सहायक प्राधानाध्यापक शिवनाथ कुमार सिह तथा शिक्षक / शिक्षिका, स्थानीय जनप्रतिनिधिका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका उद्घोषक शिव कुमार महतोले कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेका थिए ।

कार्यक्रमका क्रममा विभिन्न वक्ताहरूले विद्यालयको विकास, व्यवस्थापन र आगामी योजनाबारे आफ्ना विचार व्यक्त गरे । नेता राम विलास यादवले विद्यालयमा अभिभावक समिति गठनका प्रक्रियामा सूचना लुकाउने प्रवृत्ति भएको आरोप गर्दै पारदर्शिताको आवश्यकता औंल्याए । उनले विद्यालय व्यवस्थापनका सबै काम अभिभावकसामु खुला र सहज रूपमा प्रस्तुत हुनुपर्ने बताए ।

त्यसैगरी, जसपा नेपाल लहान नगर कमिटीका अध्यक्ष राम उदगार महतोले विद्यालयको राम्रो छवि निर्माणमा यहाँका शिक्षक–शिक्षिकाहरूको मेहनत नै प्रमुख कारण भएको उल्लेख गरे । उनले नियमित रूपमा विद्यार्थीहरूको राम्रो उपस्थिति हुनु विद्यालयप्रति अभिभावकको भरोसा बढ्दै गएको संकेत भएको पनि बताए ।

कार्यक्रममा निर्वाचित वडा सदस्य शत्रुधन प्रसाद यादवले विद्यालयमा वि.व्य.स गठन होस् भन्ने आफ्नो धेरै वर्षको चाहना पुरा भएको भन्दै खुशी व्यक्त गरे । उनले “भत्ताबराबरको रकम यही विद्यालयलाई दिने प्रतिबद्धता उद्घोस समेत गर्दै,” भन्दै विद्यालयप्रतिको योगदान निरन्तर रहने बताए ।

वडा अध्यक्ष बद्री नारायण यादवले अभिभावक तथा समुदायको सक्रियता नै विद्यालयको प्रगतिको मूल आधार भएको उल्लेख गरे । उनले शिक्षा क्षेत्रमा जागरुकता बढ्दै जानु सकारात्मक उपलब्धि भएको भन्दै, “शिक्षालाई प्रयोग गर्ने शैली सही हुनुपर्छ, तब मात्र विद्यालयको सुधार सम्भव हुन्छ ।

मुख्य अतिथि तथा जग्गादाता दिनेश महतोले निर्माण समिति तथा विद्यालयका सबै सहयोगीहरूलाई धन्यवाद दिंदै कम समयमा भवन निर्माण सम्पन्न हुनुले गम्भीर समस्या टरेको बताए । उनले बजेट प्रदेश सरकारबाट आएको उल्लेख गर्दै, “पैसा फिर्ता हुनसक्ने अवस्था अत्यन्त गम्भीर थियो, तर समितिको सक्रियताले काम समयमै सकियो,” भने ।

उनले विद्यालयको स्थापना इतिहास स्मरण गर्दै भने, “२०६२ सालतिर डुम समुदायका बालबालिकाहरू शिक्षा बाट बन्चित देखेर म र राजेश मिलेर २० हजार रुपैयाँ लागतमा विद्यालय सुरु गरेका थियौँ । आज यो विद्यालय सामुदायिक विश्वास र सहयोगले अघि बढेको छ ।” साथै उनले तिलैबोना क्षेत्रका अर्को विद्यालयले समयमै काम नगर्दा २५ लाख रुपैयाँ फिर्ता भएको तथ्य पनि सार्वजनिक गरे । नयाँ भवन उद्घाटनसँगै विद्यालयले अब थप सहज र गुणस्तरीय रुपमा शैक्षिक सेवा प्रदान गर्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३ मंसिर। नेशनल मेडिकल कलेज र वीरगंजले सिप्ला फार्मास्युटिकल्सको सहकार्यमा आज बिहान १०:०० बजेद ...

घर–घरको शान, स्वच्छत ...

ओम प्रकाश यादव लहान २ मङ्सिर । लहान नगरपालिकाले दिगो सरसफाइ प्रवर्द्धनका उद्देश्यले ‘घर– ...

लहानको लिटिल स्टार व ...

ओम प्रकाश यादव लहान मङ्सिर २ । संस्थापक तथा प्रिन्सिपल जय प्रकाश चौधरी (जेपी सर) को नेतृत्वमा स्थापि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१