Siraha Times
ताजा समाचार

कपिलवस्तुमा दंगा नियंत्रण बल र चन्द्रौटाको प्रहरी कार्यालयलाई स्तरोन्नती को माग

  • कार्तिक १६, २०८२
  • ५५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमांडू, कार्तिक १६ कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर निवासी नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदी लाई भेटी बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

  कपिलवस्तु जिल्लाको सुरक्षा व्यवस्थाको बारेमा चर्चा गर्नुको साथै ईलाका प्रहरी कार्यालय चन्द्रौटालाई स्तरोन्नति गरी नायव उपरीक्षक (DSP) को दरवन्दी सहित संचालन गर्न तथा ५०-६० दरवन्दी सहितको दंगा गणको कपिलवस्तुमा स्थापना गर्नुपर्ने माँग गरेको छ।  कपिलवस्तु जिल्लामा कृष्णनगर र मर्यादपुर गरि हाल दुई प्रमुख भंसार नाका रहेको हुदा सुरक्षा व्यवस्था कायमको लागी अतिआवश्यक रहेको छ।छिमेकी जिल्ला दाङ र रुपन्देहीम सो गण रहेको तर कपिलवस्तुमा नरहेकोले सो स्थापन  गर्नुपर्ने माग गरेका छन ।

सो सम्बन्धमा अतीरिक्त महानिरीक्षक चतुर्वेदीले आफुले सम्वन्धित निकायमा प्रताव राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।  सो प्रतिनिधि मण्डलमा समाजका अध्यक्ष दीपक राजभण्डारी , उपाध्यक्ष आलोक तिवारी, सचीव बाबुराम भट्टराई  तथा संरक्षक कालिका दवाडी, पूर्व अध्यक्ष दिगविजय मिश्र ,रत्नाकर ज्ञवाली, अवधेश छिपी तथा अशोक ओझा को उपस्थिति रहेको थियो।

कपिलवस्तु समाज बि.स. २०४७सालमा विशुद्ध समाजिक संस्थाको रुपमा काठमाडौमा स्थापना भएको थियो ।कपिलवस्तु जिल्लाको सर्वपक्षीय विकासको लागि नेपाल सरकारका विभिन्न निकाय लगायत अन्य सरोकारवालालाई सल्लाह सुझाव र दवावमूलक कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१