ताजा समाचार

कृष्णानगरमा नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो: अतिरिक्त महानिरीक्षक चतुर्वेदी

  • कार्तिक ७, २०८२
  • ८६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, कार्तिक ७ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् ।

कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उहाँले भन्नुभयो, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो । अपराध नियन्त्रण, शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।” उहाँले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

चतुर्वेदीले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै जनताको विश्वास जित्नु नै प्रहरीको ठूलो उपलब्धि भएको बताउनु भयो । एआईजी उमा प्रसाद चतुर्वेदी लगायतका अतिथि हरुलाई कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्मा लगायत उद्योग वाणिज्य संघ कृष्णानगरका पदाधिकारी हरूले माला, खादा र प्रशंसापत्र अर्पण गरी सम्मान गरेका थिए । कार्यक्रममा अतिथिका रूपमा प्रहरी उपरीक्षक सन्तोष आचार्यको समेत सहभागिता रहेको थियो । कार्यक्रममा कांग्रेस नेता ब्रम्हानन्द उपाध्याय, अकिल मिया, मुक्तेश्वर मिश्रा, विनय गिरी, नेकपा माओवादी केन्द्रका नेता जावेद आलम खाँ समाजसेवी कुनाल प्रताप शाहले एआइजी उमा प्रसाद चतुर्वेदीलाई २० किलोको मालाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाको दलित समुदायबाट एमबिबिएस गरेकि डक्टर स्मृति हरिजनलाई समेत सम्मान गरिएको उद्योग वाणिज्य संघ कृष्णनगका बरिष्ठ उपाध्यक्ष नसरूल्ला खांले जानकारी दिए। कार्यक्रमको स्वागत मनतब्य हरि ओम तुलस्यानले गरेका थिए। कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष तिरेश शर्माले हाम्रो क्षेत्रबाट उच्च पदमा पुग्न सफल चतुर्वेदी लाई हार्दिक शुभकामना दिदै यह क्षेत्रका जनताका छोरा-छोरी पनि उहां जस्तै उच्च पदमा पुग्न सफल होउन भन्नै भाव व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤