Gen-Z आन्दोलनका मागसहित जिल्ला प्रशासन कार्यालयमा बुझाइयो ज्ञापनपत्र

  • असोज ५, २०८२
  • ७६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, असोज ५। हालै देशभर उर्लिएको Gen-Z आन्दोलन का क्रममा वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका मागहरू समेटिएको ज्ञापनपत्र आइतबार जिल्ला प्रशासन कार्यालय, सिरहामा बुझाइएको छ। Gen-Z लहान शाखाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारसमक्ष आफ्ना मागहरू पुर्‍याउन ज्ञापनपत्र दिएको हो।

आन्दोलनका क्रममा २०८२ भदौ २३ र २४ गते काठमाडौंसहित विभिन्न स्थानमा भएको प्रदर्शनमा सहादत प्राप्त शहीदहरूको बलिदानलाई स्मरण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। ज्ञापनपत्रमा उल्लेख गरिएका Gen-Z का प्रमुख मागहरू यसप्रकार छन्— प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था र गैरदलिय राष्ट्रपति स्थापना।

सांसदको काम केवल विधायनमा सीमित गर्ने। प्रदेशसभा खारेज गरी प्रत्यक्ष कार्यकारी मुख्यमन्त्री रहने व्यवस्था गर्ने, जसले अधिकतम ३–४ मन्त्री मात्र सिफारिस गर्न पाउने। सबै संवैधानिक निकायहरूमा हुने राजनीतिक नियुक्ति खारेज गर्ने। सबै भातृ संगठनहरू पूर्णरूपमा खारेज गर्ने। कुनै व्यक्तिले दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने र चार कार्यकालभन्दा बढी सांसद हुन नपाउने प्रावधान कायम गर्ने। देशका सम्पूर्ण निकायहरूमा करार सेवा खारेज गरी लोकसेवा आयोगमार्फत मात्र स्थायी नियुक्ति गर्ने व्यवस्था गर्ने। Gen-Z लहानका अनुसार, यी मागहरूलाई तत्काल सम्बोधन नगरे देशव्यापी आन्दोलन अझ चर्किने चेतावनी समेत ज्ञापनपत्रमार्फत दिइएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१