प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको नेतृत्वमा अभरेन्द्र यादव पुनः चयन

  • भदौ १८, २०८२
  • १०२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा अभरेन्द्र यादव पुनः चयन भएका छन् । मुख्य सचिवमा प्रवेश कुमार मिश्र निर्वाचित भएका छन् ।

सिरहाको मिर्चैया नगरपालिकास्थित एक होटलमा भदौ १७ र १८ गते दुई दिनसम्म चलेको दोस्रो अधिवेशनले सर्वसम्मत निर्णयमार्फत २१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रामहृदय यादव (धनुषा) र माला राय (धनुषा) चयन भएका छन् । मुख्य सचिवमा प्रवेश कुमार मिश्र (सप्तरी), सचिवमा नागेन्द्र यादव (महोत्तरी) र प्रभा कुमारी यादव (पर्सा) निर्वाचित भएका छन् । त्यस्तै, समावेशी सचिवमा राम पुकार राउत (रौतहट) र सरोज कुमार यादव (सर्लाही) रहेका छन् । कोषाध्यक्षमा राजेश कुमार सिंह निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा उमेश यादव (रौतहट), राजेश प्रसाद यादव (बारा), शितल साह (सिरहा), ओमप्रकाश यादव (सिरहा), विनय कुमार अधिकारी (धनुषा), ब्रह्मानन्द ठाकुर (धनुषा) र मेवालाल यादव (रौतहट) चयन भएका छन् । महिला सदस्यमा रश्मी पटेल (रौतहट), आदिवासी जनजाति तर्फ जितेन्द्र सिंह दनुवार (सिरहा) र ज्ञानेश्वर मण्डल (सर्लाही) रहेका छन् भने मुस्लिम समुदायतर्फ साविर आलम निर्वाचित भएका छन् ।

अधिवेशनमा मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधि सहभागी भएका थिए । अन्य प्रदेशका जिल्लास्तरीय र केन्द्रीय पार्षदहरूको सहमतिसहित अभरेन्द्र यादवलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको निर्वाचन समिति सदस्य शिव अधिकारी यदुवंशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु , कार्तिक १८  । जिल्लाकाे कृष्णनगरमा रहेकाे शान्ति पुनर्स्थापना गृह शाखाले सामाजिक ले ...

करोडौं ठगेका प्रशान् ...

रंजित चौरसिया  वीरगंज १७ कात्तिक । वैदेशिक रोजगारको नाममा दर्जनौं व्यक्तिहरु सँग लाखौं लाख ठगी ...

तेस्रो गाउँपालिका अध ...

ओम प्रकाश यादव लहान कात्तिक १७ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाले आयोजना गरिएको ‘तेस्रो गा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१