ताजा समाचार

प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको नेतृत्वमा अभरेन्द्र यादव पुनः चयन

  • भदौ १८, २०८२
  • १३०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा अभरेन्द्र यादव पुनः चयन भएका छन् । मुख्य सचिवमा प्रवेश कुमार मिश्र निर्वाचित भएका छन् ।

सिरहाको मिर्चैया नगरपालिकास्थित एक होटलमा भदौ १७ र १८ गते दुई दिनसम्म चलेको दोस्रो अधिवेशनले सर्वसम्मत निर्णयमार्फत २१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रामहृदय यादव (धनुषा) र माला राय (धनुषा) चयन भएका छन् । मुख्य सचिवमा प्रवेश कुमार मिश्र (सप्तरी), सचिवमा नागेन्द्र यादव (महोत्तरी) र प्रभा कुमारी यादव (पर्सा) निर्वाचित भएका छन् । त्यस्तै, समावेशी सचिवमा राम पुकार राउत (रौतहट) र सरोज कुमार यादव (सर्लाही) रहेका छन् । कोषाध्यक्षमा राजेश कुमार सिंह निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा उमेश यादव (रौतहट), राजेश प्रसाद यादव (बारा), शितल साह (सिरहा), ओमप्रकाश यादव (सिरहा), विनय कुमार अधिकारी (धनुषा), ब्रह्मानन्द ठाकुर (धनुषा) र मेवालाल यादव (रौतहट) चयन भएका छन् । महिला सदस्यमा रश्मी पटेल (रौतहट), आदिवासी जनजाति तर्फ जितेन्द्र सिंह दनुवार (सिरहा) र ज्ञानेश्वर मण्डल (सर्लाही) रहेका छन् भने मुस्लिम समुदायतर्फ साविर आलम निर्वाचित भएका छन् ।

अधिवेशनमा मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधि सहभागी भएका थिए । अन्य प्रदेशका जिल्लास्तरीय र केन्द्रीय पार्षदहरूको सहमतिसहित अभरेन्द्र यादवलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको निर्वाचन समिति सदस्य शिव अधिकारी यदुवंशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤