Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका पुनः ७ वटा वडाबिच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने सम्झौता

  • असार ११, २०८२
  • ७८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,बीरगंज ११ असार । नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका पुनः ७ वटा वडाबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । मंगलबार अस्पतालको सभा हलमा वीरगंज महानगरपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अंसारी बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले उपलब्ध गराउने स्वास्थ्य सुविधा तथा छुट यसप्रकार रहेका छन्। 

ओपिडी टिकटमा २५ प्रतिशत , जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा ८ प्रतिशत, पयाथोलोजी जाँचमा १० प्रतिशत, यसैगरी भिडियो एक्सरे , एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा ७ प्रतिशत, फार्मेसी ओपिडीमा १० प्रतिशत, फार्मेसी आईपिडीमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सो उपचार सेवा शुल्क छुट सुविधाका लागि सम्बन्धित वडा कार्यालयको लेटर पैडमा सिफारिस गरेको हुनुपर्ने छ । यसका साथै नेशनल मेडिकल कलेजले ७ वटै वडा कार्यालयहरुमा प्रत्येक तीन ( तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्नुको साथै रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने सम्झौता भएको छ। 

आज भएको यो सम्झौता एक वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अंसारीले जानकारी दिए । सम्झौता कार्यक्रममा वीरगंज महानगरपालिकाका १३ वटा वडा संग पहिलो चरणमा सम्झौता भएको थियोे भने आज वीरगंज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुमार चौरसिया, वडा न. १२ का वडा अध्यक्ष सुरेश कुमार गुप्ता, वडा न .१५ का वडा अध्यक्ष रमेश प्रसाद यादव, वडा न. १९ का वडा अध्यक्ष मुकेश कुमार चौरसिया, वडा न. २० का वडा अध्यक्ष रामकिशोर सिहं, वडा न. २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहा, वडा न. २४ का वडा अध्यक्ष बिजय प्रसाद कुर्मीको उपस्थिति रहेको थियो । साथै वडा अध्यक्षहरुले आजको दिनलाई वडाबासीहरुको लागि एतिहासिक दिनको रूपमा रहने छ । उनीहरूले आजदेखि गरीब, असहाय, मानिसहरूलें नेशनल मेडिकल कलेजमा उपचार गराउँदा सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने खुशी व्यक्त गरे । 

साथै अस्पतालका निदेशक डाक्टर ईसरत जहान अंसारीले आज दोस्रो चरणमा ७ वडा अध्यक्ष संग भएको सम्झौता र बाकी रहेको वडा संग पनि आउने दिनमा सम्झौता गरिने डा. अंसारीले बताईन्। उनले अब सहर देखि गाउँसम्मका जनताले स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरे । सो अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

संगठित कुशवाहा, समृद ...

सिरहा टाइम्स लहान वैशाख १ । “संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नारासहित नेपाल कुशवा ...

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१