ताजा समाचार

नेपाली मुस्लिम डाक्टर्स एन्ड पारामेडिक्स असोसिएनको अध्यक्षमा डा. रहमान निर्वाचित

  • असार ९, २०८२
  • १०९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ असार । नेपाली समाजमा स्वास्थ्य क्षेत्रमा क्रियाशील चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको साझा संस्था नेपाली मुस्लिम डाक्टरस एन्ड पारामेडिक्स असोसिएनको नयाँ नेतृत्व चयन भएको छ। हालै सम्पन्न अधिवेशन बाट मोरङको बिराटनगर ११ महेन्द्र चौकमा अवस्थित पारस हस्पिटलका संचालक एवं जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. सफिउर रहमान संस्थाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन।

विराटनगर स्थित परपल हेज होटेलको सभाहलमा भव्यरूपमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको हो। अध्यक्षमा निर्वाचित डा. रहमानले भनाइ संस्थाले कुनै एक धर्म वा समुदायका लागि मात्र होइन, सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्य हक सुनिश्चित गर्न, सबै धर्म, जाति, वर्ग र समुदायबीच सहकार्य गर्दै काम गर्नेछ साथै, स्वास्थ्यकर्मीको हक हित संरक्षण र पेशागत गरिमा कायम राख्न पनि संस्था समर्पित रहनेछ बताएका छन।

संस्थाको महासचिवमा डा. अताबुल मन्सुरी निर्वाचित भएका छन। नयाँ नेतृत्वले भविष्यमा स्वास्थ्य क्षेत्रमा आपसी सहयोग, पारस्परिक सम्मान र वैज्ञानिक सोचको विकास गर्दै सामाजिक सद्भावमा टेवा पुर्‍याउने अठोट लिएको बताए।कार्यक्रममा देशभर बाट आएका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो। अधिवेशनले भावी कार्ययोजना तय गर्दै स्वास्थ्य शिक्षामा सहज पहुँच र सेवा विस्तारमा संस्थाको भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णयहरु पारित भएका छन भने नवनिर्वाचित नेतृत्वलाई विभिन्न समुदायका बिशिस्ट ब्यक्ति , स्वास्थ्य क्षेत्रका अग्रजहरू तथा सामाजिक संघ–संस्थाहरूले बधाई ज्ञापन गरेका छन।

सिरहाको कर्जन्हा नगरपालिकाको भोक्राहामा जन्मेका डा. रहमान सानै देखि डाक्टर बनेर समाज गर्छु सोच बनाएर आफ्नो जिवनको शुरुवात गरेको निजको गाउँले हरुले बताएका छन। आफ्नो जीवन संघर्षमै बनाउदै आखिरकार डा. रहमान डाक्टर बनेरै समाजलाई देखाएको मात्रै होइन उहाँ एक असल हस्तिको रुपमा बिराटनगर सहित देशमै प्रख्यात बनेका छन। त्यति मात्र हैन डा.रहमान हाल देशी तथा बिदेशी गरीब,अतिबिपन्न, दिनदुखीहरुको सहारा बनिरहेको वहाँको असल गतिबिधिले देखाइरहेको प्रष्ट देखिन्छ। कम उमेरमा लामो अनुभव हासिल गरेका डा. रहमान अब राष्ट्रिय अध्यक्षमा परिचित भएका छन।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤