Siraha Times
ताजा समाचार

पत्रकारलाई धम्कीप्रति पत्रकार महासंघको आपत्ति, सिरहा नगर प्रमुखमाथि कानुनी कारबाहीको माग

  • जेठ १४, २०८२
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेठ १४। नेपाल पत्रकार महासंघ, सिरहा शाखाले सिरहा नगरपालिकाका नगर प्रमुख नवीन कुमार यादवद्वारा सञ्चारकर्मीहरूमाथि पटक–पटक सार्वजनिक रूपमा दिइएको धम्कीपूर्ण अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय, सिरहामा  ध्यानाकर्षण पत्र बुझाउँदै नगर प्रमुख यादवमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन माग गरेको हो।

ध्यानाकर्षण पत्रमा नगर प्रमुख यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै “पत्रकारहरूले आफ्नो विरुद्ध लेखेमा भयानक परिणाम भोग्नुपर्ने” र “भारी जरिवाना गरिने” जस्ता अभिव्यक्ति दिएको उल्लेख गरिएको छ। महासंघले ती अभिव्यक्तिहरू प्रेस स्वतन्त्रता, पत्रकारिता अभ्यास तथा सञ्चारकर्मीको सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गर्ने बताएको छ।

“यो प्रेस स्वतन्त्रता माथिको ठाडो आक्रमण हो,” ध्यानाकर्षण पत्रमा भनिएको छ, “यस्ता अभिव्यक्तिहरू प्रेस तथा प्रकाशन ऐन, २०४८, मुलुकी फौजदारी संहिता, २०७४ तथा अन्य प्रचलित कानून र लोकतान्त्रिक मूल्य विपरीत छन्।” महासंघले नगर प्रमुख यादवलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालयसँग जोडदार माग गर्दै यदि प्रशासनले गम्भीरता नदेखाएमा आफूहरू कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ। महासंघका सचिव मुकेश यादवले भने, “पत्रकारमाथि हुने कुनै पनि किसिमको दुव्र्यवहार, धम्की र दबाबलाई सह्य गर्ने छैनौं। कानुनी राज्य र लोकतन्त्रमा प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि क्रियाकलाप हामीलाई मान्य छैन।”

यस घटनाले जिल्लाको सञ्चार क्षेत्रलाई स्तब्ध बनाएको छ। विभिन्न सञ्चारमाध्यम, पत्रकार तथा मानवअधिकारकर्मीहरूबाट पनि घटनाको व्यापक भर्त्सना भइरहेको छ। उनीहरूले नगर प्रमुखको अभिव्यक्तिलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै तत्काल कारबाहीको माग गरेका छन्। अब जिल्लाको प्रशासनिक संयन्त्रको भूमिकाले नै घटनाको गम्भीरता र समाधानको बाटो निर्धारण गर्ने अवस्था आएको छ। पत्रकार महासंघ, सिरहा शाखाले नगर प्रमुख यादवलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन पुनः आग्रह गर्दै प्रेस स्वतन्त्रता रक्षा गर्न सबै सरोकारवालाको एकता र सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१