ताजा समाचार

मिथिलाञ्चलमा आज ‘वट सावित्री’ पर्व

  • जेठ १२, २०८२
  • ११५६ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान  - मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै मैथिलानीहरुले वट सावित्री पर्व मनाइरहेकी छन् ।

पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता र विवाहित मैथिलानीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि सिरहासहित सम्पूर्ण मिथिलाञ्चलका मैथिलानीहरुले सम्पूर्ण तयारी पूरा गरिसकेकी छन् ।

आइतबार आ–आफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पंखा र डालो किनमेल गर्नमा व्यस्त छिन् । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि यो पर्व मनाईन्छ।

सो पर्वका दिन बिहानै नुवाइधुवाइ गरी रातो, पहेँलो पहिरनमा नजिकको वर (वट)को रूखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रूखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र धर्मपत्नी मिलेर पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤