ताजा समाचार

ब्रम्हान मन्दिर जाने सडक कालोपत्र गर्ने कार्यको मेयरद्वारा शिलान्यास

  • वैशाख २९, २०८२
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,वैशाख २९ । लहान नगरपालिका–२० मा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको ब्रम्हान  मन्दिरसम्मको पहुँच सहज बनाउन सडक कालोपत्र गर्ने कार्य सुरु गरिएको छ। लहान नगरपालिकाका मेयर महेश चौधरीले शिलान्यास गर्दै उक्त कार्यको शुभारम्भ गरे। झन्डै १२ विघा जंगल क्षेत्रभित्र रहेको सो मन्दिरमा श्रद्धालु तथा पर्यटकहरूलाई आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो। विशेषतः वर्षा याममा हिलो र धुलोले गर्दा यात्रा कष्टकर बन्दै आएको हुँदा स्थानीयको दीर्घ मागलाई सम्बोधन गर्दै सडक कालोपत्र गर्न लागिएको हो।

शिलान्यास कार्यक्रममा वडा नं. २० का अध्यक्ष गणेश चौधरी, वडा नं. १ का अध्यक्ष जुगल चौधरी, नेपाली कांग्रेसका युवा नेता परमेश्वर साह, स्थानीयबासी, धार्मिक अगुवा र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै मेयर चौधरीले लहान नगरभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण र विकास गर्न नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए। “ब्रम्हान डिहवार मन्दिरको धार्मिक महत्त्व मात्र नभई पर्यटकीय सम्भावनासमेत रहेको हुँदा सडक स्तरोन्नति पहिलो चरण हो,” उनले भने।

स्थानीय वासिन्दाहरूले सडक निर्माणप्रति खुशी व्यक्त गर्दै मन्दिर परिसरको थप विकास र पूर्वाधार विस्तारतर्फ पनि नगरपालिकाको ध्यानाकर्षण गराएका थिए। यस परियोजनाबाट नजिकैका गाउँहरूका बासिन्दाहरू लाभान्वित हुने विश्वास गरिएको छ। मन्दिरको सहज पहुँचसहित लहानमा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत यो कार्यले टेवा पुर्‍याउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤