सिरहाका डीएसपी विरेन्द्र पासवानको कार्यशैलीको प्रशंसा, जनप्रतिनिधिबाट खुलेर समर्थन

  • वैशाख २३, २०८२
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख २३ । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानको इमानदार र निष्पक्ष कार्यशैलीप्रति स्थानीय जनप्रतिनिधिहरूले खुलेर प्रशंसा गरेका छन्। सिरहा नगरपालिका–६ का निर्वाचित वडा अध्यक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत् डीएसपी पासवानप्रति प्रशंसा व्यक्त गर्दै उहाँलाई “इमानदार, मिलनसार र कानुनी प्रक्रियामा विश्वास गर्ने प्रहरी अधिकृत” को रूपमा चित्रण गरेका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, “इतिहासमा यति इमानदार, मिलनसार र नेताको चाकरी नगर्ने प्रहरी अधिकृत बिरलै देखिएको छ। जनता शान्ति सुरक्षाको अनुभूति गरिरहेका छन्।” 

डीएसपी पासवान सिरहामा आएपछि अपराध नियन्त्रण, कानुनी पालना र नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको स्थानीयवासीहरूको भनाइ छ। जनताको भावना कदर गर्दै निष्पक्ष रूपमा काम गर्ने उहाँको शैलीले विशेषगरी स्थानिय युवाहरूलाई आकर्षित पारेको छ। वडा अध्यक्षले थप लेखेका छन्, “सिरहाली युवाहरू तपाईंको सहयोगका लागि तत्पर छन्। तपाईंको कार्यगति यस्तै रहोस् भन्ने शुभकामना छ।”

यसअघि पनि विभिन्न जिल्लामा कार्यरत रहँदा डीएसपी पासवान इमानदार र जनमुखी प्रहरी अधिकृतका रूपमा परिचित रहँदै आएका थिए। सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, राजनीतिक हस्तक्षेपविहीन निर्णय र समुदायप्रतिको उत्तरदायित्वपूर्ण व्यवहारले उनीप्रति आम नागरिकमा विश्वास बढेको जनाइएको छ। सिरहा जिल्लामा शान्ति सुरक्षाको अवस्था सुधार हुँदै गएको महसुस जनप्रतिनिधि र सर्वसाधारण दुवैले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१