ताजा समाचार

बलिदान, प्रतिबद्धता र परिवर्तनको प्रतीक: बालेश्वर यादव “बलवीर”

  • चैत २५, २०८१
  • १६३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान २५ चैत । राष्ट्र, समाज र विशेषगरी मधेशको हक, अधिकार र अस्मिताका लागि निरन्तर संघर्षरत व्यक्तित्व हुन् बालेश्वर यादव “बलवीर”। एक साधारण कृषक परिवारमा जन्मिएर असाधारण योगदान दिएका उहाँको जीवन–यात्रा युवापुस्ताका लागि एउटा प्रेरणादायक दस्तावेज बनेको छ।

वि.सं. २०४० साल माघ १३ गते सिरहा जिल्लाको लहान नगरपालिका–२, भगवानपुरमा जन्मिएका बलवीर, स्व. फौदार यादवका नाति तथा स्व. हरिलाल दास यादव र कौशल्या देवी यादवका सुपुत्र हुनुहुन्छ। उहाँको बाल्यकाल शिक्षामा अब्बल, व्यवहारमा सरल र दृष्टिकोणमा गम्भीर रहेको देखिन्छ। सुरु देखिनै उहाँमा नेतृत्वको गुण थियो, जुन गुणले उनलाई सामाजिक र राजनीतिक परिवर्तनको यात्रातर्फ अग्रसर गरायो। वि.सं. २०५६ मा दोस्रो श्रेणीमा SLC उत्तीर्ण गरेपछि उहाँले उच्च शिक्षा हासिल गर्दै आध्यात्मिक अभ्यास पनि गर्न थाले। शिक्षासँगै सत्य, अहिंसा, मानवता र न्यायका मूल्यहरूलाई आत्मसात गर्दै उहाँ समाजमा न्यायको पक्षमा आवाज उठाउन थाल्नुभयो। उहाँका दाजु पनि आध्यात्मिक चिन्तक थिए, जसको प्रभाव उहाँको जीवनदर्शनमा स्पष्ट झल्किन्छ।

उहाँको राजनीतिक यात्रा सद्भावना पार्टीसँग वि.सं. २०५६ मा सुरु भयो। युवा उमेरमै नेतृत्वदायी भूमिकामा पुगेका उहाँ स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवार बनेर विद्यार्थी राजनीति मार्फत न्याय र समानताको आवाज बने। त्यसपछि सद्भावना युवा मंचको केन्द्रीय कोषाध्यक्ष तथा लहान नगर समितिको अध्यक्षको रूपमा उहाँले मधेशको राजनीतिक मुद्दामा व्यापक जनसंपर्क स्थापित गर्नुभयो।

वि.सं. २०६२/६३ मा भएको ऐतिहासिक मधेश जनविद्रोहमा उहाँको भूमिका विशेष रह्यो। जनविद्रोहको तयारी समितिमा सह–संयोजकका रूपमा उहाँले नेतृत्व दिनुभएको थियो। यो आन्दोलनले मधेशका मुद्दाहरूलाई राष्ट्रिय मञ्चमा ल्याउन सफल भयो। त्यतिबेलाका अन्य अग्रज साथीहरूसँग मिलेर उहाँले व्यापक जनजागरण, रचनात्मक कार्यक्रम र साहसिक आन्दोलनहरू सञ्चालन गर्नुभयो। राजनीतिक चेतना मात्र होइन, त्याग र बलिदान पनि उहाँको परिचय हो। स्वतन्त्र मधेशको अवधारणालाई आत्मसात गर्दै उहाँ स्वतन्त्र मधेश गठबन्धनमा लाग्नुभयो र त्यही क्रममा १९ पटक पक्राउ परेर जेल जीवन भोग्नुभयो। उहाँको गिरफ्तारीहरूले उहाँलाई थकित तुल्याएन, बरु अझ दृढ बनाए। उहाँको सोचमा थप स्पष्टता आयो, जसले स्वतन्त्रताको पक्षमा उहाँलाई अझ गहिरो बनायो।

हाल उहाँ जनमत पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। साथै, शहीद परिवार तथा आन्दोलनकारी संघको केन्द्रीय सह–संयोजकको रूपमा पनि सक्रिय रहँदै आउनुभएको छ। जनभावनासँग जोडिएको उहाँको नेतृत्वशैलीले उहाँलाई लहान नगरपालिकाको नगर प्रमुख पदको उम्मेदवारसम्म पुर्‍यायो। निर्वाचनमा सहभागी हुनु मात्र होइन, परिवर्तनको विकल्पका रूपमा स्थापित हुनु भनेको उहाँको जनसमर्पणको प्रतिफल हो। बालेश्वर यादव “बलवीर” जस्ता नेताहरूको जीवनले हाम्रो समाजलाई दिशा दिन्छ, न्यायको मूल्य र मानवताको मर्म सम्झाउँछ। त्यस्ता व्यक्तित्वलाई केवल सम्मान मात्र हैन, अनुकरण गर्न जरुरी छ। उहाँको संघर्षमय यात्राले सन्देश दिन्छ परिवर्तन सम्भव छ, जब इच्छाशक्ति, नेतृत्व र साहस एकैसाथ अघि बढ्छन्।

 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤