Siraha Times
ताजा समाचार

महिलाले देश चलाउने अवसर पाउनुपर्छ : रिता महतो

  • चैत १२, २०८१
  • १२४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत १२ । "महिला नै घर चलाउने शक्ति हुन्, अब देश चलाउने अवसर पनि पाउनुपर्छ," भन्दै देशव्यापी महिलावादी अनुपम अभियान कार्यक्रम अन्तर्गत मिसन मधेश प्रदेश प्रतिनिधि रिता महतो ले महिलाको नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन्। लहानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतोले भनिन्, "हामी महिलाहरू समाजको मेरुदण्ड हौं। घर, परिवार, समाज, अर्थतन्त्र चलाउने जिम्मेवारी हाम्रो काँधमा छ। तर, जब नेतृत्वमा जाने कुरा आउँछ, महिलाहरूलाई पछाडि पारिन्छ। अब यो सोच बदल्नुपर्छ।"

महतोले आउँदो २०८४ को निर्वाचनमा महिलाहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै भनिन्, "पुरुषहरूले मात्र नेतृत्व गर्दा देशको समग्र विकास सम्भव छैन। महिला-पुरुष बराबरी सहभागिता भएमा मात्र समृद्धि सम्भव छ।" महतोले नेपालको राजनीति अझै पुरुषप्रधान भएको उल्लेख गर्दै महिलाहरूले आफ्नो हक र अधिकारका लागि संगठित हुनुपर्ने बताइन्। "म कुनै पार्टी विरोधी होइन। तर, दलहरूमा महिलालाई दोस्रो दर्जाको रूपमा हेरिन्छ। अब समय आएको छ, महिलाले आफूलाई सक्षम प्रमाणित गर्नुपर्छ," उनले भनिन्।

उनका अनुसार, महिला मात्र महिलाको पीडा र आवश्यकताहरू राम्रोसँग बुझ्न सक्छन्। त्यसैले नेतृत्व तहमा महिलाहरूको उपस्थिति अनिवार्य रहेको उनको धारणा छ। महतोले महिलाहरूलाई सशक्त बनाउन निम्न तीन बुँदामा कार्य गर्नुपर्नेमा जोड दिइन् : १. शिक्षा र जागरूकता – महिलाहरू शिक्षित भए मात्र उनीहरू अवसर र अधिकारका लागि लड्न सक्षम हुन्छन्। २. आर्थिक आत्मनिर्भरता – महिलाहरू आर्थिक रूपमा सशक्त भए मात्र उनीहरूले समाजमा आफ्नो स्थान सुरक्षित गर्न सक्छन्। ३. राजनीतिक सहभागिता – महिलाहरू निर्णय प्रक्रियामा सहभागी भए मात्र उनीहरूका समस्याहरूको समाधान हुन सक्छ।

महतोको भनाइ अनुसार, महिलालाई अवसर दिइएन भने समावेशी लोकतन्त्रको लक्ष्य पूरा हुन सक्दैन। उनले "महिला पहिला" नाराका साथ अभियानलाई अगाडि बढाउने बताइन्। उनले मधेशमा महिला जागरणलाई अझ प्रभावकारी बनाउँदै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा महिलालाई अगाडि ल्याउने प्रतिबद्धता जनाइन्। "अब महिलाहरू चुप लागेर बस्ने छैनन्। आउँदो चुनावमा महिला नेतृत्व स्थापित गर्न हामी सबैले भूमिका खेल्नुपर्छ," उनले जोड दिइन्।

कार्यक्रममा सहभागी महिलाहरूले पनि महतोको अभियानलाई समर्थन जनाउँदै महिलालाई अगाडि ल्याउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए। महतोको अभियानले मधेश प्रदेशमा महिला सशक्तिकरणको लहर ल्याउने र महिला नेतृत्व स्थापित गर्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

बालविवाह तथा जबरजस्त ...

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर ...

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१