ताजा समाचार

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सदस्यमा नसरूल्लाह खां मनोनीत

  • चैत ११, २०८१
  • ८३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, चैत्र ११ कपिलवस्तुको कृष्णनगरका मुस्लिम अगुवा तथा समाजसेवी नसरुल्लाह खानलाई लुम्बिनी प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समितिको सदस्य पदमा मनोनीत गरिएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले खानलाई मदरसा बोर्ड सदस्य पदमा मनोनीत गरेको हो । मुस्लिम समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन मदरसा शिक्षा व्यवस्थापन कार्यविधि, २०७६ को परिधिभित्र रहेर कार्य गर्दै आएको समितिको सदस्यको रूपमा खानले योगदान दिनेछन । यसै सन्दर्भमा, चैत १२ गते सामाजिक विकास मन्त्रालयमा सपथ ग्रहण तथा बैठक आयोजना हुने मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ। नसरुल्लाह खान समाजसेवीका रूपमा लामो समयदेखि मुस्लिम समुदायको शिक्षाका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उहाँको मनोनयनसँगै समुदायमा सकारात्मक प्रतिक्रिया देखिएको छ

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤