ताजा समाचार

महोत्तरी:बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

  • चैत २, २०८१
  • ९६७ पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरी - महोत्तरीको लोहारपट्टी नगरपालिका ४ पिपराढी स्थित शसस्त्र प्रहरीको रेल्वे सुरक्षा वेशका इन्चार्ज शसस्त्र प्रहरी सई धर्मेन्द्र सिंहलाई बालयौन दुरुपयोग आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोहि ठाउँ निवासी एक १० वर्षीया बालिकालाई मर्निङवाकमा सँगै लगेका बेला शसस्त्रका सई सिंहले गलत नियतका साथ कपडा खोल्न भनेपछि र ति बालिका नमान्दा आफैँले बालिकाको कपडा खोल्न प्रयत्न गरेपछि बालिका भागेर घर पुगेकी थिइन् ।

घरमा अभिभावकलाई आफुसँग भएको घटना बताएपछि बालिकाको अभिभावकसँगै सयौँको संख्यामा स्थानीयहरुले रेल्वे सुरक्षा वेश घेराउ गरेका थिए । सोहि क्रममा आरोपी सई सिंहलाई कुटपिट समेत गरिएपछि स्थिती संयमित बनाउन शसस्त्र प्रहरीकै टोलीले सई सिंहलाई प्रहरीको जिम्मा लगाएको हो । 

पीडित बालिका अबेर साँझ  अभिभावकसँग जिल्ला प्रहरी कार्यालय महोत्तरी आइपुगेको प्रहरीले बताएको छ। घटनाबारे कानुनी प्रकृया सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले बताए । उनले आरोपी प्रहरी नियन्त्रणमा रहेको बताउदै आवश्यक कानुनी प्रकृया चलिरहेको उल्लेख गरे।  उनले पीडित पक्षबाट जाहेरी हालसम्म नआएपनि पीडित प्रहरीको सम्पर्कमा रहेको र बालिकाको मेडिकल चेकजाँच लगायतका कार्यहरु भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤