ईलाका प्रहरी कार्यालय पोखरियामा घुमुवाद्वय मण्डल र पासवानको आतंक, माथिल्लो निकाय मौन

  • कार्तिक २६, २०८१
  • ६६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २६ कार्तिक । इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत्त घुमुवाहरुले आतंक मच्चाउँदा पनि प्रहरी प्रमुख मुकदर्शक बनेको स्थानियहरुले गुनासो गरेका छन् । ईलाका प्रहरी कार्यालय पोखरिया मातहातमा पर्ने क्षेत्रहरूमा दिनानुदिन चोरी तस्करी कार्य बढेको भए पनि इलाका प्रहरी कार्यालय पोखरियाका घुमुवाहरु (सूचना संकलनमा खटेका) रकम असुलीमै मस्त रहने गरेको बताईन्छ ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा संलग्न हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक भनि स्थानियहरुले आक्रोश पोख्न थालेका छन् । इलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत रहेका प्रहरी सहायक हवल्दार श्रीलाल मण्डल र प्रहरी जवान रामाकान्त पासवानले आफ्नो क्षेत्रमा आतंक नै मचाएको भएपनि कार्यालय प्रमुख प्रहरी निरिक्षक स्वरूप शर्मा मौन धारण गरेर बसेको स्रोतले जनाएको छ । आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाइकेहरू सङ्ग मेलमिलाप गर्न थालेपछि चोरी तस्करी बढेको पाइएको हो । 

ठुला बडा तस्करहरु सङ्ग मासिक रूपमा घुमुवाद्वय चान्दा उठाएर कार्यलय प्रमुख शर्मालाई बुझाउने गर्दछन । इलाका प्रहरी कार्यालय पोखरिया मातहातमा पर्ने भिस्वा, आसवारी, मिर्जापुर, जानकिटोला, सबैठवा, धोरे, खेस्राहा, अमरपट्टि, प्रसौनिभठ्ठा, टिहुकि, बुडगाइ लगायतको क्षेत्रहरूबाट ब्यापक रूपमा तस्करहरू सल्बलाएका छन । घुमुवाद्वयले ठुला बडा तस्करीको मालसमान पक्राउ नगरी सर्वसाधारणलाई मात्र सास्ती दिने गरेको बताइन्छ ।

ठुला बडा तस्करी गर्ने गिरोह सङ्ग मासिक रूपमा नजराना बुझने गरेको र सर्वसाधारणलाई मात्र दुःख दिने गरेको स्थानीय विरा महतो कोइरी बताउँछन । इलाका प्रहरी कार्यालय पोखरियाको घुमुवाद्वयको बिषयमा पटक–पटक प्रहरी निरीक्षक स्वरूप शर्मालाई गुनासो गर्दा समेत केहि वास्ता नदेखाएको आरोप स्थानीयले लगाएका छन । उनका अनुसार घुमुवा अपराधीहरूलाई पक्राउ गर्न र सूचना संकलनका निम्ति खटाउन मिल्ने भएपनि नियम विपरीत घुमुवामा परिचालन भएको बताए । 

बदमान घुमुवा मण्डल २ बर्ष अगाडि पोखरियामा घुमुवाको रुपमा कार्यरत रहिसकेको हुनाले उनलाई सो क्षेत्रका तस्करहरु बारे राम्रो जानकारी रहेको छ । सहायक हवल्दार श्रीलाल मण्डलको तस्करहरु संग राम्रो चिनजान भएको कारण माथिल्लो निकायको आशीर्वादले पुनः ईलाका प्रहरी कार्यालय पोखरीयाको घुमुवा बन्न सफल भएको समाचार स्रोतले जनाएको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल र प्रदेश प्रहरी कार्यालयका प्रमुखको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा ७१७.६ किलोग् ...

ओम प्रकाश यादव  लहान, साउन ४ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४, पोखरिया स्थित एक ...

लहान नगरपालिकामा पहि ...

लहान, साउन ४ । देशकै ठुलो नगरपालिका मानिने सिरहा जिल्लाको लहान नगरपालिकामा पहिलोपटक उपमेयर राम चलितर ...

नेशनल मेडिकल कलेजद्ध ...

वीरगंज २ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१