ताजा समाचार

बसपार्क ट्राफिक ईन्चार्ज बलिरामको ब्रम्हलुट, पर्सा ट्राफिक प्रमुख मुखदर्शक

  • कार्तिक २१, २०८१
  • ९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २१ कात्तिक । वीरगंजको बसपार्क ट्राफिक प्रहरी पोस्टका ट्राफिक प्रहरीहरु ड्युटी भन्दा पनि असुली धन्दामा तल्लिन देखिएका छन् । बसपार्क स्थित अनावश्यक सवारी पार्किङ्ग, सवारी जाम लगायतका समस्यालाई समाधान नगरी कुन गाडीबाट पैसा असुल्न सकिन्छ भन्नेतर्फ मात्र ध्यान दिएको बताईन्छ ।

ट्राफिक प्रहरी पोस्ट बसपार्कका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बलिराम चौधरीले बसपार्क स्थित चेकजाँचको नाममा भारतीय नम्बरको सवारीबाट खुलेयाम २ सय देखि ५ सय सम्म असुली गर्ने गरेको स्थानियहरुले गुनासो गरेका छन् । 

बसपार्कबाट खुल्ने कलैया रोडको माईक्रो र मैजिकका ईन्चार्जहरु संग प्रत्येक दिन बेलुका ५०० को दरले रकम असुली बिच बाटोमै सडक जाम हुने गरी यात्रु बसाउन र ओराल्न दिएको जो कोहीले पनि सजिलै हेर्न सक्छन् । सुविधा सम्पन्न बसपार्कमा पर्याप्त मात्रामा जग्गाहरु भए पनि बसपार्क बाईपास रोडमै गाडीहरु पार्किङ्ग गराई यात्रुहरु चढाउन र ओराल्न दिने गरेका कारण बाईपास रोड जाम भई सर्वसाधारणहरुलाई सास्ती खेप्न बाध्य बनाउदै आएको स्थानियहरुको गुनासो रहेको छ ।

सो वापत प्रसनि बलराम चौधरीले बस ब्यवसायीहरु संग ३०० का दरले प्रत्येक दिन करिब ५ हजार सम्म असुली गरिरहेको एक बस व्यवसायीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

वीरगंज बजारमा दिनहुँ सयौं भारतीय नम्बरको मोटरसाइकलहरु आउने गरेको अवस्थामा इन्ट्री, भन्सार नरहेका सवारी चालकलाई ट्राफिक नियम अनुसार कारवाही गर्नु पर्नेमा आर्थिक प्रलोभनमा परी उनिहरुलाई उन्मुक्ति दिने गरको स्रोतले जनाएको छ । जसका कारण नेपाल सरकारको राजस्व दिन प्रतिदिन घटदै गएको बुझिन्छ ।

बसपार्कमा खटेका ट्राफिक प्रहरीहरुले भारतीय नम्बरका गाडीहरुलाई ट्राफिक नियम उलंघन गरेको भन्दै गाडीहरुलाई रोकी ठूलो–ठूलो ऐन, कानूनको कुरा गर्दै चिट (जरिवाना) बिना छोडनै नमिल्ने बताउँछन्, पछि गाडीलाई साईड लगाई चालकलाई चिट काटदा बढी दिनु पर्छ तर यति दिनुस, कसैलाई नभन्नु भन्दै रकम असुली छोडने गरेको स्थानियहरुले बताएका छन् । 

सो क्षेत्रमा चेकजाँचको नाममा भारतीय नम्बरको सवारी चालक सँग खुलेयाम अवैध रकम असुली रहेका छन् । दिनभरि हजारौं गाडी ओहर दोहर गर्दा कहिँ कतै देखा नपर्ने बसपार्क स्थित ट्राफिक प्रहरी साँझ परेपछि मात्रै आफ्नो ड्युटीमा निस्कन्छन्, त्यो पनि चेकजाँच गर्न मात्रै । चेकजाँचको नाममा जता पायो उतै रोक्नुसको बोर्ड लगाएर चेकजाँच शुरु गर्छन् र त्यहीबाट शुरु हुन्छ अवैध असुली कार्य ।

समग्रमा भन्नुपर्दा वीरगंजमा ट्राफिक व्यवस्थापनको लागि खटिएका ट्राफिक प्रहरी अवैध रकम असुलीमा लाग्दा अहिले छठपर्वको अवसरमा ट्राफिक व्यवस्थापन भद्रगोल भएको सहजै देख्न सकिन्छ । यस तर्फ ट्राफिक प्रहरीको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको देखिन्छ । यस सन्दर्भमा ट्राफिक प्रहरी पोष्ट बसपार्कका ईन्चार्ज बलिराम चौधरी सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤