ताजा समाचार

लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

  • कार्तिक १५, २०८१
  • ९८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, १५ कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै गएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै लागु औषध सेवनकर्ता तथा करोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आए देखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्ति हरू पक्राउ गरि मुद्दा चलाएका छन्।

उहाँ आए देखि लागु औषधको ट्याबलेट, चरेस, ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न लागिपरेको तथा अन्य उत्कृष्ट काम गरे बापत कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार समेत प्रहरी निरिक्षक सुरज खत्रीले पाएको समाजसेवी हरू बताउछन्।

सोही क्रममा कार्तिक १४ बुधवारका दिन साझ ७ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले संकास्पद रूपमा पैदल हिड्दै गरेका दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं २ बस्ने २४ बर्षिय अर्जुन भन्ने राजु बिक लाई चेकजांच गर्दा निजको साथबाट तीन पत्ता पैतालीस ट्याबलेट लागु औषध नाइट्राजेपाम नाइट्राभेट -१० र साठ्ठी पत्ता छ सय क्यापसुल ट्रामाडोल हाइड्रोक्लोराइड आइ. पी. ५० mg रेडमी कम्पनीको मोबाइल एक थान सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। साथै पक्राउ गरिएको व्यक्ति लाई थप अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤