ताजा समाचार

कपिलवस्तुमा ब्राउन सुगर कारोबारी र सेवनकर्ता पक्राउ

  • कार्तिक १४, २०८१
  • ७४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर (कपिलवस्तु) १४ कार्तिक कपिलवस्तुको कृष्णनगर बसपार्कबाट १ जना लागू औषध ब्राउन सुगर करोबारी र २ जना सेवनकर्ता पक्राउ परेका छन । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले कृष्णनगर नगरपालिका २ बस्ने ३२ वर्षीय लवकुश भुजलाई १ सय ५१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरीले भुजको कोठामा लुकाइ राखिएको चार थान तराजु र दुई थान मोबाइल बरामद गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा ब्राउन सुगर खरिद गर्न आएका थप दुई जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । जिल्लाको बुद्धभुमी नगरपालिका २ बस्ने वर्ष २८ का महेश थारु र बाणगंगा नगरपालिका १ बस्ने वर्ष २४ का बिपुल थारु पक्राउ परेका छन । उनिहरुको साथबाट रु ९०,००० नगद र एक थान मोबाइल फेला परेको छ । उनीहरूलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤