ताजा समाचार

इनर्वा गाउँका प्रहरीहरुकै सहयोग र संरक्षणमा तस्करी सुरू

  • कार्तिक १४, २०८१
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज १४ कात्तिक । पर्सा जिल्लाको एक मात्र तस्करीको अखडाको रुपमा बनेको इनर्वा गाउँका प्रहरीहरुकै सहयोग र संरक्षणमा तस्करी फस्टाउदै गएको बुझिन्छ । राति मात्र नभई दिनदहाड तस्करहरुले टेम्पुको माध्यमले तस्करी गर्न सकृय रहेको एक भिडियो क्लिपले प्रष्ट पारेको बुझिएको हो । इनर्वा गाउ हुदै दर्जनौ तस्करहरु सकृय रुपले अवैध धन्दा अर्थात गैरकानुनी रुपले मालसमान आयात निर्यात गरेपनि स्थानीय प्रहरी प्रशासन रकममा लिप्त हुने गरेको इनर्वा गाउँ प्रहरीको काम कारवाहीले प्रष्ट हुन्छ ।

इनर्वा गाउँको चौक लगायत बलिरामपुर जाने पुल नजिकै ड्युटी खटी बाहिरको टोली माथि निगरानी बढाउदै तस्करीको मालसमान नेपाल भित्रयाउन मदत समेत गर्ने गरेको एक स्थानीय बृद्धले बताए । उनका अनुसार दिन त दिन रातिको समयमा पनि तस्करहरुको लस्करै लाग्ने गरेको बताए । रातिमा तस्करहरुको लस्करले गर्दा स्थानीयवासीहरु सुत्न समेत नसकेको बृद्धको गुनासो रहेको थियो । उनले रातिको समयमा साइकलको माध्यमले तस्करहरु अवैध तरिकाले कपडा, हार्डवेयरका साथै हालको समयमा पटका समेत नेपाल भित्रयाई इनर्वा गाउँमा राखिने र दिउँसो तिर टेम्पुको माध्यमले वीरगंजको बिभिन्न ठाउँहरुमा पुरयाउने गरेको बताए ।

अर्का एक जना स्थानीय युवाका अनुसार प्रहरीले नै तस्करहरुलाई सघाउन थालेपछि गुहार गर्न कहा जाने भन्दै प्रश्ण तेर्साए । "जुन जोगि आएपनि कानै चिरेको उख्खान झै" प्रहरी चौकी ईनर्वामा जो कमाण्डर आएपनि आर्थिक लोभ र लालचमा फस्ने गरेको कारण तस्करी कार्य रोक्न नसकिएको बताए । उनले तस्करहरुको सम्राज्यमा केहि स्थानीय युवा लागेका कारण गाउँ नै दुखित बन्न पुगेको दुखेसो पोखे । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख लगायत मधेस प्रदेश प्रहरी प्रमुख समेतको ध्यान पुग्न अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤