Siraha Times
ताजा समाचार

उत्कृष्ट बन्न लागेको सिमराहा आ.बि.मा समुदाय नै बाधक

  • कार्तिक ७, २०८१
  • ७२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ७ कार्तिक सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ मा अवस्थित सिमराहा अधारभुत बिधालय उत्कृष्ट बन्न लागेको छ तर बिधालय स्तर उन्नतिको क्रममा समुदाय नै बाधक बनेको आजको स्थलगत रिपोर्टिङमा देखिएको छ। बि.स. २०१९ सालमा एउटा फुसको घर बाट शुरु भएको बिधालय अहिले ८ कक्षा संचालन भै राम्रो अबस्थामा चलिरहेको बिधालय हो। स्थानीय सरकार संचालन हुनु भन्दा अगाडी यो बिधालयको अवस्था निकै नाजुक थियो। भौतिक संरचना थिएन नत गतिलो शिक्षक टिम नै थिए तर स्थानीय सरकार आए देखि भौतिक संरचनाको राम्रो प्रबन्ध गरिएको छ।

प्र.अ. बिधानन्द यादव नेतृत्वको दक्ष शिक्षक टिम द्वारा पठनपाठन भैरहेको अबस्था छ। स्थानीय सरकारको सहयोगमा ल्याब, कम्प्युटरको सेवा सहित रमणीय बाताबरणमा अङ्ग्रेजी माध्यममा संचालनमा रहेको बिधालयमा समुदायको सहयोगको सट्टा बिभिन्न बहानामा समुदाय नै बाधक बनेको देखिन्छ। सरकारको काम हो संस्थामा लगानी लगाउने ब्यबस्थापन गरिदिने तर उक्त संस्थाको निगरानी र चलाउने काम त समाज/ समुदायको हो। स्थलगत रिपोर्टिङको अधारमा भन्नु पर्दा त्यहाँका स्थानीयहरुले बिधालयको छेउछाउ जथाभावी दिशापिसाब गरी बिचित्रको फोहर गर्ने, भौतिक संरचना भत्काइ दिने, जबर्जस्ती बस्तुभाउ बिधालय हाताभित्र चरण गराउने, खानेपानीको साधन जबर्जस्ती प्रयोग गर्ने, कुलतमा फसेका युवाहरूको जमात बिधालय क्षेत्र प्रयोग गर्ने, शिक्षकहरूलाई दवाएर राख्ने जस्ता अनेकौ समस्याहरु बाहिरिएका छन।

स्थानीय सरकारले शिक्षक टिमको मेहनत देखेर करोडौं लगानी गरि सकेको छ। अधारभुत तहमा यस बिधालयको अबस्था एक दमै राम्रो देखिएको छ। निजि बिधालयलाई टक्कर दिदै अगाडी बढिरहेको सिमराहा आ.बि. प्रति पश्चिम टोल सिमराहा सकारात्मक किन छैन यो ठुलो चिन्ताको बिषय बनेको छ। जे काममा पनि गाली खाने जनप्रतिनिधि र शिक्षक तर यीनी हरु सबै मिलि नमुना बिधालय बनाउन खोज्दैछ, उच्च क्वालिटिको उत्पादन गर्न खोज्दैछ र शिक्षामा आमुल परिवर्तन गर्न खोज्दैछ तर समुदाय सुध्रन चाहदैन अनि दोषी को त? गम्भीर प्रश्न उब्जेको छ। कहाँ छन बिधालय ब्यबस्थापन समिति, के गर्दैछन समितिका सदस्यहरु आखिर कहिले सुध्रिने हामी नेपाली।

एक चोटी हामी सबै मनन गरौ। त्यहाँका होनहार शिक्षकशिक्षिका समुदायको व्यबहारले वाक्क भैसकेको छ। शिक्षकको मनोवल गिराउने काम तुरुन्त बन्द हुन जरुरी देखियो। स्थानीय सरकार कडा रुपमा प्रतुत हुन जरुरी देखिएको छ। अहिले तत्काल २ कठ्ठा पुर्ब तिर बाट जग्गा सहितको बाउण्ड्री वाल र पोखरीको पुर्ब डिल बाट सुबिधा सम्पन्न बाटोको ब्यबस्थापन हुन बहुत जरुरी समेत रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१