ताजा समाचार

सशस्त्र प्रहरी कृष्णनगर द्वारा तीन हजार अबैध चल्ला नष्ट

  • कार्तिक ७, २०८१
  • ९६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कार्तिक ७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ ठकुरापुर बाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी सहायक निरिक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको सात जनाको गाडि मोबाइल टोलीले रात्रि २ बजेको समयमा भारत बाट अबैध रूपमा भित्रिदै गरेको बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ। उक्त चल्लाको अनुमानित मूल्य तीन लाख हुन आउने कृष्णनगका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए।

Open photo

उक्त कुखुराको चल्ला नियन्त्रणमा लिई प्रस्तावित गुल्म कृष्णनगरको कमपाउंड भित्र खाल्डो खनि स्थानीय, जनप्रतिनिधि, पत्रकार, पशु क्वारेन्टाइन प्रतिनिधि, प्रहरी लगायतको रोहबरमा नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल कृष्णनगरले सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा विभिन्न समयमा अबैध रूपमा भारत बाट नेपाल भात्रिने कपडा, चानी, मैदा, माछा, मोटरपार्टस, लगायत विभिन्न सामान आवश्यक कार्यवाही गरि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤