ताजा समाचार

समाज सुधार कार्यक्रम जामियतुल इमाम अल बुखारी कम्प्लेक्स सप्तरीमा सम्पन्न

  • असोज २९, २०८१
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९  असोज । जिलइ जमियते अहलेहदिस सप्तरीको आयोजनामा २४ असोजमा सप्तरीको बोदेबर्साइन नगरपालिकाको जामियतुल इमाम अल बुखारी कम्प्लेक्स सप्तरीमा समाज सुधार कार्यक्रम हाजी मास्टर अब्दुल गफुरको अध्यक्षतामा र मौलाना मो० रजाउल्लाह मदनीको प्रमुख अतिथिमा तथा पाँच वटा पालिकाको मुस्लिम अगुवाहरुको बाक्लो उपस्थितमा सम्पन्न भएको छ।

हाल समुदाय स्तरमा देखिएका समस्याहरू युवा जमात कुलतमा फसेर बिभिन्न बिकृतिहरु फैलाइ रहेका छन। युवाहरू शिक्षा बाट टाढिदैछन। चेलीबेटी हिंसाको शिकार हुदैछन। बडेबुजरुग, आमा बुवा तथा जेष्ठनागरिक अपहेलित भैरहेका छन। छाडापन सिमा नाघि सकेका छन लगायत अन्य बिकराल समस्याले गर्दा समाज अस्तव्यस्त भैरहेको अवस्था कसै संग लुकेको छैन। जुवा, शराव, लागुऔषध महामारीको रुप लिइसकेको अवस्थालाई मध्यनजर गर्दै आयोजकले यो कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा सप्तरीको सुरुङ्गा,खडक,शम्भुनाथ,डाक्नेश्वरी, बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका गरी पाँच वटा पालिकाको मुस्लिम अगुवा, मौलबी, मौलाना, बडेबुजरुग र बुद्धिजीवी समाजसेवीहरुको बाक्लो उपस्थित रहेको थियो।

कार्यक्रममा दाइजो प्रथा उन्मुलन, बाल तथा महिला हिंसा, शिक्षा र स्वास्थ्य सम्बन्धि गहिरो छलफल भएका थिए। दाइजो प्रथाका कारण खासगरी गरीब तपकाका मानिसहरु आफ्ना छोरीचेलीको बिहे गर्न असमर्थ छ्न जसको कारण समुदाय स्तरमा बिभिन्न घटना परीघटना घटिरहेको अवस्था देख्न थालेको छ। बिकृतिको दलदलमा फस्दै गैरहेको समाजलाई बचाउन युवा शक्तिलाई यथा स्थानमा फर्काउन हरेक नेपाली आ-आफ्नो घर,टोल,बस्ती बाट एकै चोटी उठेर अभियान चलाउन जरुरी रहेको कार्यक्रमका सहभागीहरुले जनाएका हुन।

यस कार्यक्रम मार्फत मुल समिति निर्माण भैसकेको र हरेक गाउँ , टोल, बस्तीमा उप-समिति बनाइ अभियानलाई अगाडी बढाउने आयोजकले जनाएका छन। पहिलो चरणको कार्यक्रममा सप्तरीको पाँच वटा पालिकालाई समेटिएको थियो भने आउदो केहि दिनमै सप्तरीको सबै स्थानीय तहका सबैलाई समेटेर सरोकारवालाहरुको साथमा साथ कान्धमा कान्ध मिलाइ अभियान संचालन गर्ने निर्णय यस कार्यक्रम बाट भएको समेत आयोजकले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤