ताजा समाचार

इलाका प्रहरी कार्यालय, गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न

  • असोज २१, २०८१
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, असोज २१ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दको अध्यक्षता विशिष्ट अतिथामा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं ५ का वडाध्यक्ष अनवार अहमद रहेका थिए।

कार्यक्रममा उपस्थित माझ जानकारी गराउदै प्रहरी निरिक्षक चन्दले आर्थिक बर्ष २०८०/८१ मा १८ ओटा मुद्दा दर्ता भएको चार वटा मुद्दा किनारा लागि सकेको १४ वटा अझै फैसला हुन बाकी रहेको, ५१ वटा ठाडो निवेदन परेको जस्मा ४५ वटा किनारा लागि सकेको तथा ६ वटा अझै बाकी रहेको, विभिन्न समयमा नागरिक प्रहरी सहकार्य कार्यक्रम मार्फत जनचेतना मूलक कार्यक्रम गर्दै आएको जानकारी गराउदै उपस्थित जन समुदाय माझ प्रहरीले अझ सुरक्षा व्यवस्था चुस्त दुरूस्त बनाउन सुझाव संकलन गरिएको थियो।कार्यक्रमा बोल्दै वडाध्यक्ष चौधरीले सामाजिक परिवर्तन गर्न व्यक्तिको मानसिकता परिवर्तन हुनु पर्ने कुरामा जोड दिदै आफूले विभिन्न चुनौतीको सामना गर्दै आएको तर पनि समाजमा सकारात्मक परिवर्तन गर्न आफू पछाडि नहट्ने बताए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष अनवारले प्रहरीको सेवा बाट आम नागरिक सन्तुष्ट छन् कि छैनन् भन्ने उदेश्यका साथ राखिएको कार्यक्रम सराहनीय रहेको बताउदै आम नागरिकले आफ्नो हक अधिकारका लागि सधै अग्रसर हुनु पर्ने बताए। कार्यक्रममा नागरिक बाट आएका जिज्ञासा लाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष चन्दले प्रहरी तथा नागरिक मिलेर अगाडि आए मात्र समाजमा शान्ति स्थापना हुन सक्ने कुरामा जोड दिए। कार्यक्रममा स्थानीय, पत्रकार, समाजसेवी, राजनीतिक व्यक्ति, शिक्षाप्रेमी, किसान लगायत अन्यको सहभागिता रहेको थियो। इलाका प्रहरी कार्यालय गणेशपुरकी सहायक प्रहरी निरिक्षक सृजना पुरीले कार्यक्रम संचाल गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤