भ्रष्ट प्रवृतिका लेखापाल मन्दिपद्धारा सशर्त अनुदानको रकममा रजाई, एैयासी जिवन बिताउनमा मस्त

  • असोज १८, २०८१
  • १०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज १८ असाेज । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको रकम मोहले भ्रष्ट प्रवृतिका लेखापाल मन्दिप महतोलाई छिपहरमाई गाउँपालिकामा थप जिम्मेवारी दिईएको छ । श्रम कार्यालय पर्सामा लेखापाल महतोको दरबन्दी रहेपनि उनी काजमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत्त रहेका छन् । सो नगरपालिकामा कार्यरत्त रहंदा उनकै भ्रष्टाचारकै कारण नगरपालिका गन्हाएको स्थानियहरु बताउंदछन् । कमिशनको मामिलामा सेवाग्रहीहरु सँग अग्रिम पिसी (पर्सनल कमिशन) नलिईकन चेक नबनाउने बानी बसालेका महतोले रकमको मातमा नगरपालिकालाई बदनाम गराउदै एैयासी जिवन बिताउनमा मस्त रहने गरेको कर्मचारीहरु नै बताउंदछन् ।

भ्रष्ट प्रवृतिका लेखापाल सामान्य परिवारका व्यक्ति हुन्, तर उनी वीरगंजमा कैयौं ठाउँमा घडेरीहरु किनेका छन् भने ४ ठाउँमा फ्ल्याट लिएको खुलेको छ । वीरगंजको राधेमाई, पावरहाउस चौक, ओमआश्रम श्रीपुर र अशोकवाटिकामा फ्ल्याटहरु भाडामा लिएको स्रोतले जनाएको छ । लेखापाल महतोले भ्रष्टाचार गर्ने र सो भ्रष्टाचारको रकमबाट अलग–अलग ठाउँमा फ्ल्याट लिएर एैयासी जिवन बिताउने उनको दिनचर्या नै बनेको ती स्रोतको भनाई रहेको छ ।

पोखरिया नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ मा आएको सशर्त अनुदानको रकम २२ करोड २८ लाख ८८ हजार मध्ये २ करोड ३० लाख ८५ हजार ३२१ रुपैया ५६ पैसा फिर्ता गर्नु पर्ने रकम शिर्षकलाई मिची अन्य शिर्षकमा खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सालाई थाहा हुँदा हुँदै पनि भ्रष्ट प्रवृतिका लेखापाल महतोलाई कारवाही गर्नुको साटो उनलाई प्रोत्साहन स्वरुप मोटो रकम लिएर छिपहरमाई गाउँपालिकामा पठाउँदा कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको निकै आलोचना भईरहेको छ ।

सशर्त अनुदानको रकम जुन शिर्षकमा छ, त्यसै शिर्षकमा सो बजेट चलाउनु पर्नेमा लेखापाल महतोले कमिशन मोहका कारण शिर्षकलाई गोलमटोल गरी बढी कमिशन आउने कार्यमा खर्च गरेको स्रोतको भनाई रहेको छ । आर्थिक बजेट सञ्चालन नियमावली अनुसार सशर्त अनुदानबाट मौज्दात रहेको रकम अन्य शिर्षकमा खर्च गर्नु पर्ने प्रावधान नरहे पनि लेखापाल महतोले नियम कानुनलाई धोती लगाउदै बढी कमिशन कुम्ल्याउनकै लागि सो रकम अन्य शिर्षकमा खर्च गरेको जानकारहरु बताउंदछन् ।

स्रोतका अनुसार शिर्षक मिची निकासा गरिएका शिर्षकहरुमा बढी भन्दा बढी तालिम, जिन्सी सामानहरुको फर्जी बिल राखी रकम झ्वाम पार्ने कार्य गरिएकोमा ती २ करोड ३० लाख ८५ हजार ३२१ रुपैया ५६ पैसा कहाँ, किन र कुन शिर्षकमा खर्च गरिएको हो ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले फाईलहरु नियन्त्रणमा लिई छानबिन गरेमा भ्रष्टाचारका कालाकर्तुतहरु घाम जस्तै छर्लङ्ग हुने पोखरियावासीहरुको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

डिएसपीको रक्तदानले ब ...

ओम प्रकाश यादव, लहान वैशाख ११। बझाङ जिल्ला अस्पतालमा उपचाररत बुङगल नगरपालिका–७ की मदरा जाग्रीक ...

जसपा नेपालकाे सिरहा ...

  लहान वैशाख ११। जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिरहा जिल्ला कार्यसमितिको नेतृत्वमा पुनः ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१