युएई रेड क्रीसेन्टले नेपालमा बाढीपहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता बितरण

  • असोज १७, २०८१
  • ६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १७ असोज युएई रेड क्रीसेन्टको प्रतिनिधिमण्डलले नेपालका बिभिन्न गाउँ तथा जिल्लाहरुमा बाढिपहिरो बाट प्रभावित हरुलाई मानवीय सहायता बितरण गरेको वेलफेयर सोसाइटी कल्याणपुर सप्तरीका प्रमुख मो० जकाउल्लाहले जनाएका छन। युएई रेड क्रीसेन्टले काठमाडौ स्थित सन्युक्त अरब इमिरेट्सका दूतावासको सहयोग र समन्वय एवम नेपाल सरकारका सम्बन्धित निकायको आवश्यक सहयोगमा मानवीय परियोजना कार्यनयन गरेको हो।

सेप्टेम्बर महिना भरीमा कैलाली, कंचनपुर , बाँके , बर्दिया, कपिलवस्तु , मोरङ , सुनसरी, सप्तरी र महोत्तरी जिल्लाका बिभिन्न गाउँमा प्रभावित परिवारलाई आवश्यकता अनुसार करीब २० हजार थोक खाद्यान्न ७ हजार ३ सय मेडिकल किड र ४ हजार २सय ३६ वटा त्रिपाल बिततरण गरिएको मो० जकाउल्लाहले जनाएका हुन। भौगोलिक अवस्थिति हिमाली भुभाग, जलवायु परिवर्तन र मौसमको उतारचढावको कारण नेपालीले समय समयमा भोग्नु परेको सबै बिपत र बिपत्तिमा युएई सरकार सधैं नेपाल सरकारको साथमा रहेको धेरै उदाहरण रहेको देखिन्छ।

नेपाल सरकार र नेपाली जन्तालाई युएई सरकारको निरन्तर सहयोग प्रशन्सनीय रहेको छ र यो दुई देश बिचको सुमधुर सम्बन्धको प्रमाण पनि हो। युएई सरकार बाट बिगत लामो समय देखि यस्ता विभिन्न सहयोग गैरसरकारी संस्था मार्फत नेपाली जन्ताले पाइरहेको अनेकौ उदाहरणहरु छन। गत बर्षकै कुरा गर्नु पर्दा रमजान महिना भरी पुग्ने गरी गरीब मिस्किन गरीब परिवारहरुलाई खाद्यान्न लत्ताकपडा र केहि नगद समेत गैरसरकारी संस्थाहरु मार्फत बितरण भएको थियो।

जसको कारण गरीबहरु हाँसीखुशी त्योहार मनाएका थिए जकाउल्लाहले जनाए। स्रोतका अनुसार बितरण गरिएको बाढिपहिरो बाट प्रभावित परिवारको लागी यो पहिलो चरणको सहायता हो र छिटै दोस्रो चरणको पनि सहायता छिटै आउने सम्भावना रहेको वेलफेयर सोसाइटी कल्याणपुर सप्तरीका प्रमुख मो० जकाउल्लाहले समेत बताएका छन।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१