Siraha Times
ताजा समाचार

सहनी ब्रदर्श एण्ड सप्लायर्सद्धारा लाखौंको कर छली, पर्सा बाराका प्रायः पालिकाहरुमा कमिशनको जगजगी

पर्सा बाराका प्रायः पालिकाहरुमा कमिशनको जगजगी

  • असोज १५, २०८१
  • १०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया विरगंज १५ असाेज। विरगंज महागरपालीकाको मेनरोड भारतीय महावाणिज्य दूतावासको पूर्वपट्टी स्थित सहनी ब्रदर्श एण्ड सप्लायर्सद्धारा लाखौं लाखको कर छली भईरहेको छ भने पर्सा, बाराका प्रायः पालिकाहरुमा सहनी ब्रदर्शद्धारा कमिशनको जगजगी बढेको समाचार स्रोतले जनाएको छ । सहनी ब्रदर्शका सञ्चालक संदिप सहनीले प्रायः पर्सा, बाराका स्थानिय तहहरुमा जिन्सीका सामानहरु सप्लाई गर्ने र कार्यालय प्रमुख तथा लेखापाललाई मोटो कमिशन दिने गरेको स्रोतको भनाई रहेको छ । कतिपय स्थानिय तहहरुमा सञ्चालक सहनिले भ्याट सहितको बिल मात्र उपलब्ध गराउने र आफु २० प्रतिशत राखी बाकी रकम प्रमुख र लेखापाललाई बुझाउने गरेको बताईन्छ । पर्सा, बाराका स्थानिय तहहरुका अधिकांश भ्रष्टाचारी कर्मचारीहरुले सहनी ब्रदर्श एण्ड सप्लायर्स सँग कारोबार गर्ने गरेको बताईन्छ ।

सहनी ब्रदर्शका सञ्चालक सहनिले आफ्ना र आफ्ना केही नातेदार तथा आसेपासेहरुको नाममा करिब एक दर्जन फर्महरु दर्ता गराई स्थानिय तहहरुमा जिन्सीका सामानहरु सप्लाई गर्दै आएको स्थानिय तहका एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । कुनै पनि पालिकाले एउटा फर्म सँग वार्षिक १० लाख सम्मको मात्र कारोबार गर्ने बाध्यात्मक नियम रहेको कारण सहनीले बढी भन्दा बढी फर्महरु राखेको ती कर्मचारीको भनाई रहेको छ । सहनी सँग रहेका फर्महरुले वार्षिक रुपमा करिब ५० करोडको सामानहरु सप्लाई गर्ने गरेको बताईन्छ । भारतबाट तस्करी गरेर मगाईएका सामानहरुलाई सहनीले आफ्नो फर्महरुको स्थानिय तहहरुमा बिलबिजक दिने गरेको बताईन्छ । सहनीले आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा सबै भन्दा बढी कारोबार पर्साको ठोरी, जिराभवानी, जगरनाथपुर, धोबीनी, कालिकामाई, पकहाँ मैनपुर र बाराको विश्रामपुर, प्रसौनी, फेटा, बारागढी, जितपुर सिमरा लगायतका दर्जनौं स्थानिय तहहरुको भ्रष्ट कर्मचारीहरु सँग साँठघाट गरी कारोबार गर्ने गरेको ती स्रोतको दाबी रहेको छ ।

स्थानिय तहका अधिकांश भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र जिन्सी प्रमुखहरुले सहनी सँग मिलोमतो गरी अनियमित्ता गर्ने गरेको बताईन्छ । सहनी ब्रदर्शले मासिक लाखौं लाख कर छल्दै कारोबार गर्दै आईरहेकोमा आन्तरिक राजस्व कार्यालय पर्सा, राजस्व अनुसन्धान कार्यालय पथलैया लगायतका नियमनकारी निकायले सहनी सँग खरिद खाता र वर्ष भरीमा भए गरेका सप्लाईको बिल बिजक नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो भने उनी नेपाल सरकारको कतिको राजस्व छलीरहेका छन् घाम जस्तै छर्लङ्ग हुने स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१