ताजा समाचार

कृष्णनगरमा तिज महोत्सव , पूजा अर्चना गरि मनाइयो तिज

  • भदौ २२, २०८१
  • ९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर भाद्र २२ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नगरपालिका वडा नं २ मा रहेको नगरपालिका कार्यालयको छेउमा रहेको राम कृष्ण मन्दिरमा आज तिज महोत्सव कार्यक्रम समपन्न भएको छ।  श्री राम कृष्ण मन्दिर संरक्षण समितिको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं २ को सहयोगमा तिज महोत्सव कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा महिलाहरु पूजा अर्चना तथा नाचगान गरि तिज मनाएको श्री राम कृष्ण मन्दिर संरक्षण समिति अध्यक्ष राम सुध गुप्ताले जानकारी दिए।  श्री राम कृष्ण मन्दिर संरक्षण समितिका सचिव अमृत लाल गुप्ता कोषाध्यक्ष जगदीश गुप्ता लगायत सदस्य सत्य नारायण गुप्ता, प्रसान्त गुप्ता, कृष्ण कुमार, दिलिप गुप्ता, दीपक गुप्ता, दीपेन्द्र गुप्ता, संदीप गुप्ता, संदीप मोदनवाल, आशीष कौशल लगायतले महोत्सवको व्यवस्थापन तथा भक्तजन लाई प्रसादको व्यवस्था मिलाएका थिए। 

कार्यक्रममा आएका अतिथि हरु कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, पूर्व वडाध्यक्ष संजय कुमार गुप्ता, वडा सदस्य नारायण कनोडिया, युवा समाजसेवी वैभव प्रताप शाह लगायत लाई  श्री राम कृष्ण मन्दिर संरक्षण समितिका पदाधिकारी हरु दोसल्ला ओढाई सम्मान समेत गरेका थिए।  कार्यक्रममा ब्राइट वे इंग्लिश बोर्डिंग स्कूलका प्रधानाध्यापक आलोक ओझा, वडा सदस्य राहुल मोदनवाल, सन्तोष श्रीवास्तव, बोधेन्द्र शर्मा लगायत अन्य रहेका थिए।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤