रोल्पाको मदरसा दर्ता गराउन उपाध्यक्ष मशहूदको पहल

  • फागुन ३०, २०७९
  • ६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ३० लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले रोल्पा जिल्लामा रहेको मदरसाको अनुगमन गरेका छन् l लुम्बिनी प्रदेशमा रहेको रोल्पा जिल्लाको स्मृति गाउँपालिका वडा नं ४ मा रहेको मदरसा मोहम्मदियाको अनुगमन गरेका छन् l मदरसा मोहम्मदियका शिक्षक हफीज मोहम्मद, आयूब तथा मदरसा मोहम्मदियका अध्यक्ष सलमान अहमद रंगरेज लगायत अब्दुल हन्नान रंगरेज, जाबेद खान लगायत संग भेटघाट गरि मदरसाको अवस्था बारे जानकारी लिएका थिए l सोही गाउँपालिकाको वडा नं ३ मा रहेको मदरसा जामिया अहिले सुन्नतमा अनुगमनका क्रममा मदरसामा पढाउने शिक्षक हजरत हाफिज कारी, मोहम्मद नसरूद्दीन अहमद सो मदरसाका अध्यक्ष जलालुद्दीन वसीम लगायत अभिरदीन, सरफुद्दीन बिलाल , समिम कलाउद्दीन संग मदरसाको अवस्था बारे जानकारी लिएको जनाइएको छ l

मदरसाका अनुगमनका क्रममा दुई वटै मदरसाहरू सरकारी तवरले दर्ता नरहेको ठहर उपाध्यक्ष मौलाना मशहूद सहितको टोलीले जानकारी पाएको थियो l मशहूद सहितको टोलीले दुई वटा मदरसा हरू दर्ता नरहेको पाए पछि स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश अधिकारी, शिक्षा अधिकृत यादव केसी लगायत संग वृहत क्षलफल गरि सो मदरसा लाई तत्काल प्रक्रिया पुर्याई दर्ता गर्नु पर्ने आवश्यकता रहेको र मरसा दर्ता न हुदाँ राज्यबाट मदरसाले पाउने सेवा सुबिधा बाट समेत बंचित रहेको अवस्था हुन्छ तसर्थ तत्काल दर्ता गर्न आग्रह गरेको उपाध्यक्ष मशहूद खांले जानकारी दिए l रोल्पाको मदरसा अनुगममा उपाध्यक्ष खां संगै मोहम्मद स्सहाक, अलताब अहमद खां , जाहिद हुसेन, अब्दुल समद खां नेपाली लगायतका व्यक्ति हरू रहेको जानकारी उपाध्यक्षले दिए lमदरसा दर्ता गराउन माग सहित लगभग सत्ररी जनाले गांउपालिका उपाध्यक्ष मशहूद सहितको अगुवाईमा गांउपालिकामा डेलिगेशन लिएर गएको जानकारी गराइएको छ l

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

लहान, फागुन ११ । सिरहाको भगवानपुर गाउँपालिका–३ स्थित भित्री सडक खण्डबाट प्रहरीले लागुऔषधसहित द ...

लहान नगरपालिकामा निः ...

रहमुल, लहान, ११ फागुन । सिरहाको लहान नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण पहल गर्दै गरिब तथा दलित ...

मधेसको पहिचान जोगाउन ...

उमेश कुमार साह बोदे बर्साईन : सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१